विराटनगरमा प्रहरीले गराएको दुर्घटना ‘ढिसमिस’ प्रयास, घाईतेको उपचारमा लापर्वाही

विराटनगरमा प्रहरीले गराएको दुर्घटना ‘ढिसमिस’ प्रयास, घाईतेको उपचारमा लापर्वाही

विराटनगर । विराटनगरको हाईवेमा भएको एउटा दुर्घटनामा संलग्न व्यक्तिलाई प्रहरीले संरक्षण गरेको आरोप छ । गत माघ १५ गते आइतबार साँझ ७ः३० बजे मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिदाँ घाईतेको उपचार भईरहेको छ । तर, दुर्घटना गराउने व्यक्ति प्रहरीको वरिष्ठ हवल्दार भएका कारण उनलाई संरक्षण गरिएको घाईतेका आफन्तले गुनासो गरेका हुन् ।

को ३२ प ८४०९ नम्बरको मोटरसाइकलमा सवार प्रहरीका वरिष्ठ हवल्दार कृष्णकुमार मण्डलले को १ घ १५२४ नम्बरको सिटी सफारीलाई ठक्कर दिदाँ पाँचजना यात्रु र चालक ७५ वर्षीय महेन्द्र राजबंशी घाईते भएका थिए । अन्य यात्रुहरुको उपचार भएर घर फर्किएका छन् । तर सिटी चालक राजबंशी विराट नर्सिङ होम (विराटनगर अस्पताल)को भेन्टिलेटरमा रहेका छन् । घाईते राजबंशीका छोरा चन्दन राजबंशीका अनुसार बाईक चालक मण्डल रानीका हुन् । उनी दंगा प्रहरी कार्यालय दुहबीमा कार्यरत छन् ।

उनले मस्तले मादक पदार्थ खाएर बाईक चलाईरहेको अवस्थामा सिटी सफारीलाई ठक्कर दिएका थिए । घाईतेहरुको विभिन्न अस्पतालमा उपचार गरिएको थियो । त्यहि सिटी सफारीका चालक राजबंशीको उपचारमा समस्या भईरहेको परिवारको गुनासो छ । प्रहरी भएका कारण भन्नुपर्ने स्थानबाटै असहयोग भएकोले उपचारमा समस्या परेको छोरो चन्दनको भनाई छ । चारजनाको परिवार पालिरहेका सिटी चालक अस्पतालमा भर्ना हुँदा अन्य परिवारको दैनिकीमा समेत समस्या थपिएको छ । विराटनगरमा भाडामा बस्दै आएको राजबंशीको परिवारले घाईतेको उपचारमा समेत दवाव झेल्नु परिरहेको गुनासो गरेका हुन् ।

‘बिरामीको अवस्था गम्भीर छ, विराटबाट निकालेर कोसी लैजान दवाव दिईरहेका छन्’ पीडित परिवारले भने–अन्य दुर्घटनामा प्रहरीले संलग्नलाई पक्राउ गर्ने र उपचारमा दवाव दिन सहयोग गर्दछ तर हाम्रो केसमा दुर्घटना गराउनेलाई संरक्षण गरेर घाईतेलाई अस्पताल सार्न दवाव दिईरहेको छ । घाईते पक्षले दुर्घटना गराउने व्यक्ति मण्डललाई फोन गर्दा उनी आउँदैनन् । तर, अन्य प्रहरीले उपचारको रेखदेख गर्न आउने भएपनि आवश्यक परेको बखत कोहि नहुँदा उपचारमै समस्या परिरहेको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्