लाईफगार्ड हस्पिटल अपडेट : केहीबेरको आन्दोलनपछि मृतकका आफन्तले जिम्मा लिए शव

लाईफगार्ड हस्पिटल अपडेट : केहीबेरको आन्दोलनपछि मृतकका आफन्तले जिम्मा लिए शव

विराटनगर । धनकुटा पार्खिवास नगरपालीका तल्लो सान्नेका ७८ बर्षिय विष्णु बहादुर कुवंरको उपचारको क्रममा शुक्रबार विराटनगर ५ स्थित बरगाछीमा रहेको लाईफगार्ड हस्पिटलमा मृत्यु भयो ।
हस्पिटलमा बिहीबार साँझ भर्ना गराइएका कुवंरको शुक्रबार विहान मृत्यु भएको खबर आफन्तलाई बेलैमा नभनेको भन्दै मृतकका आफन्तले हस्पिटलमा नाराबाजी गर्दै चिकित्सकलाई कारबाहीको माग राखेका छन् । केही समय अगाडी सम्म राम्रै भएको भनेर आईसियुुका स्वास्थ्यकर्मीले मृतकका छोरा कुलबहादुरलाई खबर गरे ।
उनीहरुले पनि राम्रै होला भनेर आशा गरिरहेका थिए । तर पुन एकैछिन्मा तपाईको बुबाको अवस्था राम्रो छैन भन्दै खबर पठाए । मृत्यु भएको लामो समय बितीसक्दा पनि कुनै खबर नगरेको अनि के कारणले मृत्यु भएको भन्ने जानकारी मृतकका आफन्तलाई नभनेपछि उनीहरु आक्रोसित भएका थिए ।
सामान्य पेट दुखेर अस्पतालमा ल्याएका थियौ मृतक कुवरकी नातिनी ईन्दु कुवरले भनिन् । अस्पताल ल्याउन साथ आईसीयुमा भर्ना गराउनुपर्छ भनेपछि हामीले उनीहरुले भनेबजिम नै गर्यौँ । तर अस्पातलमा भर्ना गरिएका हजुरबुबाको अवस्था राम्रै थियो । तर आइसियुमा नै मृत्यु भईसकेको रहेछ, ‘हामीलाई लामो समय सम्म केही जानकारी गराइएन अस्पतालको लापारबाही गरेको छ मृतककी नातिनी ईन्दुले भनिन् ।
मृतक कुवरलाई हस्पिटलका डाक्टर अरविन्द देव लगायतको टिमले हेरेको थियो । मृतकका आफन्तले हस्पिटलको आकस्मिक कक्ष भित्र नाराबाजी गर्दै केहीबेर चिकित्सकलाई कारबाहीको माग राखेका थिए ।


यता हस्पिटलका मेडिकल अफिसर डाक्टर प्रमोद मेहताका अनुसार मृतक कुवंरको स्वासप्रवास, लिभर साथै मुटुको समेत समस्या भएका कारण हामीले धेरै बचाउने प्रयास गर्यौ तर सकेनौँ । ‘हामीले परिवारजनलाई पनि उहाँको क्रिटिकल समस्या छ भने कै थियौँ, तर उहाको मृत्युको खबरमा ढिलाई भएको भन्दै आन्दोलन गर्न पुगे,‘अन्तमा हामीले विस्तृत रुपमा बुझाइसकेपछि शव जिम्मा लिनुभयो । यता मृतकका परिवारले हस्पिटलमा उपचारको लागी लागेको खर्च अस्पताल प्रसासनले मिनाह गरेपछि मृतकको शव जिम्मा लिएर घर फर्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्