विराटनगर । प्रेस चौतारीको २५ औँ स्थापना दिवसको अवसरमा दुईजना पत्रकार सम्मानित भएका छन् ।
आज (आईतबार) प्रेस चौतारी मोरङ जिल्ला कार्यसमितिले शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरी जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार र कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकारलाई सम्मान गरेका हुन् ।
जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट तेजन्द्र भण्डारी र कृष्णाप्रसाद सिग्देल यूवा पत्रकारिता २०७९ पुरुकारबाट दिनेश सुब्बालाई सम्मान गरिएको हो ।
पत्रकारद्धय भण्डारी र सुब्बालाई प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानपत्र प्रदान गरेका हुन् ।