मन्त्रालयमा प्राविधिक जनशक्तिको अभाव छ : मन्त्री चापागाई

<span class='c1'>मन्त्रालयमा प्राविधिक जनशक्तिको अभाव</span> <span class='c2'>छ : मन्त्री चापागाई</span>

विराटनगर । प्रदेश १ का सडक, भौतिक तथा पूर्वाधारमन्त्री दुर्गा चापागाई (सचिन) ले मन्त्रालयमा नै कर्मचारी अभाव भएको बताएका छन् । आज (आइतबार) पत्रकारसँगको भेटघाटमा मन्त्री चापागाईले दरबन्दी भन्दा कम कर्मचारी भएको बताएका हुन् ।

२ सय ३६ जनाको दर्बन्दी रहेको मन्त्रालयमा १ सय २० जना मात्रै कर्मचारी रहेको बताउदै मन्त्री चापागाईले प्राविधिक जनशक्तिको अभाव रहेको बताए । कर्मचारी अभाव, जनशक्तिको अभाव भएको बताउदै वउभनले भने,‘यसलाई पुर्ति गर्नेका लागि लोकसेवाले वैल्पिक लिस्टमा राखिएकालाई लिनेकी भन्ने विषयमा छलफल भइरहेको छ।’ उनले निजामती ऐन नआउदा धेरै वृद्धिविकासमा असर पुगेको कर्मचारीहरुको गुनासो समेत रहेको बताए । ‘अध्यन भ्रमण र कर्मचारीहरुको सवालमा संघीय मन्त्रालयमा कर्मचारी धेरै हुन्छ ।’ उनले भने,‘अन्तरप्रदेशमा अलिकति ‘रिफ्रस’ बनाउने बातावरण हुनुप¥यो भन्ने कर्मचारीको माग छ ।’

अघिल्लो सरकारको मन्त्रालयले स्मार्ट सिटिको अवधारणा बनाएको जानकारी दिँदै प्रदेश १ को विभिन्न ५ वटा क्षेत्रमा अध्ययन गरेर डिपिआर तयार गरेको बताउदै उनले भने,‘ यो कति प्रभावकारी हुन्छ भन्ने विषयमा समिक्षा गरिरहेका छाँै ।’ उचित नमुना ग्रामिण बस्ती सुधारका कार्यक्रम अगाडी बढाउन राम्रो हुन्छकी भन्ने विषयमा छलफल गरिरहेको बताउदै उनले प्राविधिक मन्त्रालय भएकाले हप्तामा दुई दिन अनुगमन र निरिक्षणलाई अगाडी बढाउने कार्ययोजना बनाइरहेको समेत जानकारीदिए ।

प्रारम्भिकरुपमा ४ वटा पालिकामा सवारी नपुगको स्थानमा सवारी पु¥याउने तयारी रहेको समेत बताए । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका, ताप्लेजुको फक्ताङलुङ गाँउपालिका, संखुवासभाको सिलिचुङ गाँउपालिका र भोटखोलामा प्राथमिकतामा परेको मन्त्री चापागाईले बताए ।

उनले पालिकाको केन्द्रमा गाडी नपुगको ठाँउमा गाडी पर्याउने प्रदेशको सबै गाँउपालिकाको केन्द्रमा गाडी पुर्याउने विषय प्राथमिकता रहेको बताए । उनले भने,‘ प्रदेशको हरेक पालिकाको केन्द्रमा सहज सवारी आवगमन र वडा देखि पालिकाको केन्द्रमा सहज आवगमनका लागि सहज बनाउने प्राथमिकतामा रहेको छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्