नयाँ प्रविधी प्रयोग गर्दै विराटनगरका सौन्दर्यकर्मीलाई एक दिने सेमिनार

नयाँ प्रविधी प्रयोग गर्दै विराटनगरका  सौन्दर्यकर्मीलाई एक दिने सेमिनार

विराटनगर । व्युटिपालर व्यावसायमा आवद्ध सौन्दर्यकर्मी महिलाहरुको लागी व्यावसायिक रुपमा थप क्षमता अभिवृद्धी गर्न एक दिने सेमिनार कार्यक्रम प्रदान गरिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगरले आयोजना गरेको एक दिने सेमिनारमा ३ प्रकारका फेसियल सम्बन्धी तालिम संचालन गरिएको थियो ।


व्युटिपालर संचालन गरेर व्यावसाय गर्दै आएका सौन्दर्यकर्मीहरुलाई थप क्षमता अभिवृद्धी गर्ने उदेस्य सहित नयाँ मेशिनको प्रविधीद्धारा गरिने हाईड्रा फेसियल , बिबि ग्लो ट्रिटमेन्ट र थ्रेड बोटक्स सम्बन्धी तालिम प्रदान गरिएको महानगर कमिटी अमिता पौडेलले जानकारी दिनुभयो ।


सेमिनारमा मोरङ, झापा सुनसरी धनकुटा लगायतका जिल्लाहरुबाट ९० जना सौन्दर्यकर्मीहरुको सहभागिता रहेको अध्यक्ष पौडेलले बताउनुभयो । एक दिने समिनारको उद्धघाटन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) प्रदेश नं १ का अध्यक्ष किशोर धमालाले गरेका थिए ।

एक दिने सेमिनारको नाबुन प्रदेश नं. १ सदस्य तथा सायदा तबस्सुमले ९० जना व्युटिसियनलाई प्रशिक्षण प्रदान गरिएको महानगर कमिटी सचिव भलि सुब्बाले जानकारी दिनुभयो । साथै कार्यक्रममा मुख्य प्रशिक्षक सायदा तबस्सुुमलाई महानगर कमिटीले प्रसंङशा पत्रले सम्मान समेत गरेको थियो ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटीले सौन्दर्यकला व्यावसायसँगै अन्य सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्