साथीको घर पुगेकी युवतीको विराटनगरमा मृत्यु, एकजना पक्राउ

साथीको घर पुगेकी युवतीको विराटनगरमा मृत्यु, एकजना पक्राउ

विराटनगर । विराटनगरमा धरान–१५ घर भई डेरा बस्दै आएकी १९ वर्षीया एलिसा खड्काको मृत्यु भएको छ ।

विराटनगर–१२ मा साथीको घर गएको बेला गत माघ १८ गते अचानक बेहोस भएर मृत्यु भएको हो ।

प्रहरीले विराटनगर–१२ घर भएकी २७ वर्षीया लक्ष्मी राजबंशीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । खड्का माघ १८ गते राजबंशीको घरमा बेहोस भएपछि राती ९ः१५ बजे विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । लगतै चिकित्सकले मृत घोषणा गरेको थियो । एलिसाको मृत्यु रहस्यमय भएको भन्दै प्रहरीले राजबंशीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका नायव उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिएका छन् ।

खड्का र राजबंशी एकअर्काबीच जानपहिचान भएका साथी थिए । तर, उनीहरु लागुऔषध सेवनकर्ता भएको आशंका गरिएको छ । प्रहरीले मृतकको पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविकता खुल्ने जनाएको छ ।

हाल पक्राउ परेकी राजबंशीलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्