विराटनगरको निमार्ण कन्सल्टिङ प्रालि ‘आर्किटेक्ट वाह अवार्ड’ २०२३ बाट सम्मानित

विराटनगरको निमार्ण कन्सल्टिङ प्रालि ‘आर्किटेक्ट वाह अवार्ड’ २०२३ बाट सम्मानित

विराटनगर । विगत केही समय यता विराटनगरमा रहेर घर तथा विभिन्न प्रकारका भवनहरुको निमार्णका लागि नक्सा निमार्णदेखि आवश्यक परामर्श प्रदान गर्दै आएको निर्माण कन्सल्टिङ इन्जिनियर्स प्रालिलाई भारतीय संस्था ग्लोबल बिजनेस रिकनेक्टले 'आर्किटेक्ट वाह अवार्ड'(Architect WOW Award)२०२३ बाट सम्मानित भएको छ ।

माघ १९ गते काठमाडौँको द एभरेष्ट होटलमा ग्लोबल बिजनेस रिकनेक्ट इन्डियाको आयोजनामा भएको 'आर्किटेक्टक्चर रिकनेक्ट समिट' वर्ल्ड वाइड कार्यक्रममा निर्माण कन्सल्टिङले 'एक्सिलेन्स इन क्रिएटीङ आउटस्ट्यान्डिङ रेसिडेन्सियल स्पेस'अवार्ड प्राप्त गरेको हो ।

नेपालमा पहिलो पटक काठमाडौंमा आयोजना भएको कार्यक्रममा देशभरका इन्जिनियरिङ तथा आर्किटेक्चर फर्महरुको सहभागिता रहेको थियो । नेपालका इन्जिनियरिङ तथा आर्किटेक्चर फर्महरुलाई एकै छानामुनि राख्ने उद्धेश्यले 'आर्किटेक्चर रिकनेक्ट समिट' आयोजना गरिएको ग्लोबल बिजनेस रिकनेक्ट इन्डियाले जनाएको छ ।

उक्त अवार्डबाट सम्मानित हुन पाएकोमा खुशी व्यक्त गर्दै निर्माण कन्सल्टिङ इन्जिनियर्स प्रालिका प्रबन्धक निर्देशक अम्मार हसनले यसको श्रेय भने सम्पूर्ण निमार्ण कन्सल्टिङ टिमलाई जाने बताए ।

उनले स्थापनाको छोटो समयमै देशभरका इन्जिनियरिङ तथा आर्किटेक्चर फर्महरुबाट सम्मानित हुने संस्थाको प्रतिनिधि हुन् पाएकोमा खुशी व्यक्त गरे । उनले अवार्डले उत्साहसँगै थप जिम्मेवारी समेत थपेको बताउँदै अब संस्थाको कामलाई निखार्दै लैजाने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्