विराटनगरमा स्यालले टोकेर एकजना घाईते

विराटनगरमा स्यालले टोकेर एकजना घाईते

विराटनगर । विराटनगरमा सोमबार बिहान स्यालले टोक्का एकजना घाईते भएका छन् ।

विराटनगर–१२ का ६० वर्षीय दुखाई कामतलाई स्यालले हातमा टोकेर घाईते बनाएको हो ।

बिहान सबरै उठेर उनी नजिकैको धिधुवा खोला पुगेका थिए । बाक्लो हुस्सुले छोेपेका कारण केहि नदेखेका कामतलाई स्यालले एक्कासी टोकेको थियो । स्थानीयका अनुसार कामत खोला किनार हुँदै खेति हेर्न गएका थिए । तर, कसैकसैले भने उनी खोला किनारमा दिसा बस्न गएको समेत बताएका छन् ।

स्यालले हातमा टोकेपछि कामत अहिले  कोसी अस्पतालमा उपचाररत रहेको भतिज सुनिल कामतले जानकारी दिए । उनले खेतिमा गएको बखत स्यालले टोकेको दावी गरेका छन् ।

घाईते कामतको हातमा स्यालका दाँत गाडिएका कारण सुनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्