कोसी अस्पताल विराटनगरमा छैन जनशक्ति

कोसी अस्पताल विराटनगरमा छैन जनशक्ति

सुजता लिम्बु
विराटनगर । कोसी अस्पताल विराटनगरमा २४ शै्याको आईसियूसहित १२ शै्याको भेन्टिलेटर क्षमता छ । कोभिड १९ संक्रमणको समयमा विस्तार गरिएको आईसियू विथ भेन्टिलेटर सेवा अहिले १२ र ४ शै्या मात्रै प्रयोगमा छ । सरकारी अस्पताल कोसीमा जनशक्तिको अभाव हुँदा विस्तार गरिएको क्षमता अनुसारको सेवा प्रभाव प्रभावित बन्दै आएको हो । आवश्यक पर्ने प्राविधिक जनशक्ति नहुँदा सेवाग्राहीले लिनसक्ने सेवा समेत कटौती गरिएको अस्पतालका अधिकारीहरुको दावी छ ।

अस्पतालमा ५ शै्याको डायलासिस सेवा रहेको छ । चालु आर्थिक वर्षमा मात्रै १२० जनाले सेवा लिईसकेका छन् । तर, भौतिक संरचना र जनशक्ति अभाव हुँदा सेवाग्राही मात्रै नभई अस्पतालका चिकित्सक र कर्मचारीको समेत व्यापक गुनासो रहने गरेको छ ।
अस्पतालको प्रभावकारी सेवा प्रवाहमा पत्रकारको भूमिका विषयक मंगलबार आयोजित संवाद कार्यक्रममा अस्पतालका चिकित्सक तथा कर्मचारीले जनशक्ति नहुँदा समस्या डा. रोशन खड्काको गुनासो छ । अर्का डाक्टर सुधिर श्रेष्ठले रेफरल सेन्टर अस्पतालमा जनशक्ति अभाव हुनु सामान्य कुरा नभएको बताउनुहुन्छ ।

अस्पतालको आकस्मिक विभागमा मात्रै गतवर्ष ३६ हजार ४०० सेवाग्राहीले सेवा लिएको तथ्यांक छ । विश्वासका आधारमा कोसीमा उपचार गराउन आउने सेवाग्राहीलाई चिकित्सकले राम्रोसँग परीक्षण र जाँचपड्ताल लगाएका सेवा दिन नसक्ने स्थिति रहेको गुनसाो गरिएको थियो ।
प्रसुती तथा स्त्री रोग विभागका डा.अन्जु देवले एकसय शै्याबाट ७० शै्यामा झारिएको वार्ड अव्यवस्थित रहेको गुनासो गर्नुभयो । चिकित्सकको संख्या आवश्यक भएपनि अन्य जनशक्ति अभाव रहेको गुनासो थियो ।

यसैगरी मेट्रोन मञ्जु यादवले अस्पतालमा नर्सिङ जनशक्तिलाई बढी काम गर्नुपर्ने स्थिति रहेको बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मीनारायण यादवले कमिकमजोरीलाई सुधार गर्दै लैजाने दावी गर्नुभयो । उहाँले सुरक्षागार्डको सन्दर्भमा छिमेकी प्रहरी रहेको बताउदै उनले वार्डको माग आइरहेको र त्यसलाई बढाईने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्