एभरेष्ट एजुकेशन फाउण्डेसनको तीन दिने ‘एभरेष्ट कार्निभल’

<span class='c1'>एभरेष्ट एजुकेशन फाउण्डेसनको तीन</span> <span class='c2'>दिने ‘एभरेष्ट कार्निभल’</span>

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट एजुकेशन फाउण्डेसनले तीन दिवसीय ‘एभरेष्ट कार्निभल २०७९’ को आयोजना गर्ने भएको छ । ‘उत्कृष्टता नवप्रर्वधन र विकासतर्फको यात्रा’ मा रहेको एभरेष्टले पहिलो पटक ‘एभरेष्ट कार्निभल’को आयोजना गर्न लागेको हो ।

एभरेष्ट कलेजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा फाउण्डेसनका संस्थापक तथा प्रिन्सिपल टिकाराम पुरीले माघ २७ गतेदेखि २९ गतेसम्म कलेज परिसरमा एभरेष्ट कार्निभलको आयोजना हुने जानकारी दिएका छन् । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाको प्रमुख आतिथ्यतामा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थी र अभिभावकले एभरेष्ट दिवस मनाउने छन् ।

दोस्रो दिन कक्षा ६ देखि १२ सम्मका विद्यार्थी र अभिभावकको उपस्थितीमा सामाजिक विकास मन्त्रि बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा अभिभावक दिवस मनाउने भएको छ ।
विद्यार्थीहरुले सिकेका बिषयलाई व्यवहारत उतार्नका निम्ति यो कार्निभल फलदायी हुने उहाँले विश्वास ब्यक्त गर्नुभयो । कार्निभलमा विद्यार्थीहरुद्वारा तयार पारिएका ५० भन्दा बढी विज्ञान, गणीत तथा व्यवस्थापन विषयसँग सम्बन्धित परियोजनाहरु प्रर्दशनीमा राखिने कलेजका भाइस प्रिसिन्पल नारायण कडरियाले बताउनुभयो ।

उहाँका अनुसार कलेज परिसरमा १८ वटा स्टलहरु राखिनेछन् । ति स्टलहरुमा विभिन्न अन्वेषणात्मक परियोजनाहरुको प्रर्दशनी, कला प्रदर्शनी, मिनि म्युजियम, पुस्तक प्रदर्शनी, विद्यार्थीहरुद्वारा सञ्चालित खानाका स्टलहरु, फेस पेन्टिङ स्टल, एभरेष्ट एचिभमेन्ट ग्यालरीका साथै नोवल अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत रहने उहाँले बताउनुभयो ।

कार्निभलमा विद्यार्थीले गर्ने हरेक प्रदर्शनीले अवलोकनकर्ताको ध्यान आकृष्ट गर्ने एभरेष्ट स्कुलका भाइस प्रिन्सिपल टिएन भण्डारीले बताउनुभयो । अझ कार्निभलमा राखिने एकैपटक १०० जनाले अवलोकन गर्न सकिने प्लानेटेरियमले विद्यार्थी तथा अभिभावकको ध्यान आकृष्ट गर्ने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्