मोरङ र झापाबाट लागुऔषध सहित ३ जना पक्राउ

मोरङ र झापाबाट लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार झापाको कन्काई नगरपालिका-९ घैलाडुब्बा स्थितमा इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-५ का २६ बर्षीय रोजन मोहोरा र २४ बर्षीय पवन चौधरीको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १ ग्राम बरामद भए संगै नियन्त्रणमा लिएको हो ।

त्यसैगरी विराटनगर महानगरपालिका-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका अग्नीसाईर कृष्णासवरण-३ सप्तरीका २० बर्षीय पारस चौधारीको साथबाट ऐभिल, डाईजापाम, फेनारागन र लुपिजेसिक सहित ६४ एम्पुल लागुऔषध बरामद गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्