विराटनगरमा एक महिने ब्यूटिपार्लर तालिम सम्पन्न

विराटनगरमा एक महिने ब्यूटिपार्लर तालिम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटिपार्लर तालिम सम्पन्न भएको छ ।

सिक्वीन ब्यूटि पार्लरको आयोजना र विराटनगर महानगरपालिका वडा ४ को आर्थिक सहयोगमा ब्यूटि पार्लर तालिम सोमबार सम्पन्न भएको हो ।

एक महिने ब्यूटिपार्लर तालिमको समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा सहभागि भएकाहरुलाई विराटनगर ४ का वडाअध्यक्ष जितेन थापा, वडा सदस्य सरीता घिमिरे, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगरकी सचिब भली सुब्बालगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष थापाले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमलले ठुलो सहयोग पुग्ने बताए । उनले आगमी दिनमा महिलाहरुलाई आत्मनिर्भर बनाउने क्षमता अभिवृद्धीमा पनि वडा कार्यालय अगाडी बढने बताए । कार्यक्रममा विराटनगर ४ वडाका वडा सदस्य सरीता घिमिरेले घरको चुलोचौकमा व्यस्त रहने महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमलले सहयोग पुग्ने बताइन् ।

महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले एक महिने तालिम दिएको सिक्वीन ब्यूटि पार्लरका संचालक तथा ब्यूटिसियन कला डाँगीले बताइन् । महिना दिनसम्म संचलान भएको तालिमको प्रशिक्षक ब्यूटिसियन कला डाँगी , बीना अधिकारी र पुनिमा साह रहेकी थिइन् ।

तालिममा ३० जना महिलाहरुको सहभागि रहेको थियो । तालिममा सहभागिहरुले घरको चुलोचोकमा व्यस्त रहने महिलाहरु आत्मनिर्भर हुन सहज भएको बताए । उनीहरुले आधारभूत तहको एडभान्स तालिम लिएकाले अब लेभल दुई तालिम दिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्