सीएनआई कोसी एक्स्पोमा भोलि समिर श्रेष्ठ आउने

<span class='c1'>सीएनआई कोसी एक्स्पोमा भोलि</span> <span class='c2'>समिर श्रेष्ठ आउने</span>

विराटनगर । विराटनगर-२ शंकरपुर मार्गमा जारी ऐतिहाँसिक सीएनआई कोसी एक्स्पोको शुक्रबार सातौं दिनको साँझ समिर श्रेष्ठको सांगीतिक प्रस्तुति रहने छ ।

‘लाइफस्टाइल’ पप मेलोडीमा नाम कमाएका श्रेष्ठका गीतका शब्द युवा पुस्ताको मनसम्मै पुग्ने खालका हुन्छन् । त्यसको उदाहरण पछिल्लो उदाहरणका रुपमा एक दिन अघिमात्रै रिलिज भएको उनको ‘मायालु सुन न’ बोलको गीत हो ।

यो गीत यूट्युवमा टप टेनभित्र ट्रेण्डिङ रहेको छ । उक्त गीत १७ लाख बढिले हेरिसकेका छन् । तीन महिना अघि उनले ल्याएको ‘हेर न’ बोलको गीत अहिलेसम्म ९३ लाख पटक हेरिसकिएको छ । उनका ‘कुरि बसेछु, मेरो मनमा, चार दिवार, मनका कुरा, आज किन, माया त माया हो, कुराकानी’ लगायतका गीत चर्चित छन् ।

शुक्रबार साँझका लागि स्थानीय ‘शुभम् एण्ड द ब्याण्ड’ ले पनि प्रस्तुति दिने जनाइएको छ । एक्स्पोमा साँझ ६ः३० बजेसम्म टिकट काट्दा टिकट दर १०० रुपैयाँमात्रै कायम गरिएको छ । कक्षा ९ मुनिका विद्यार्थीले भने ५० रुपैयाँमै टिकट पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्