विराट गोल्डकपको तयारी तीव्र(तस्बिरसहित)

विराट गोल्डकपको तयारी तीव्र(तस्बिरसहित)

विराटनगर । आगामी चैत ९ गतेदेखि आयोजना हुने विराट गाल्डकपको तयारी तीव्र पारिएको छ । विराटनगरको शहीद रंगशालामा हुने गोल्डकपका लागि रंगशाला मर्मत सम्भारलाई तिव्रता दिइएको हो ।

फ्लड लाईट जडान भएको रंगशालामा रात्रीकालिन फुटबल प्रतियोगिता हुनेछ । त्यसका लागि मैदानको सवलीकरण गर्नु आवश्यक हुन्छ । चैत्रको २ गतेसम्मा सम्पूर्ण तयारी पुरा हुने विराट गोल्डकप प्रतियोगिताका सह-संयोजक सुवाशीश कोइरालाले बताए ।

नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिता भव्य बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । यद्यपी कुन-कुन टिमले सहभागिता जनाउने हो भन्ने अन्तिम नाम प्रकाशन भईसकेको छैन ।

कोइरालाले सम्झौतामा हस्ताक्षर भएपछि सहभागि टिमको नाम सार्वजनिक गर्ने जानकारी दिएका छन् । हालसम्म रंगशालाको मैदान मर्मत देखि प्याराफिटमा फलामको रेलिङ जडान गर्ने काम भईरहेको कोइरालाले बताए ।

अघिल्ला संस्करण भन्दा भिन्न यस पटक विद्यालयका युवा विद्यार्थीहरुलाई विराट गोल्डकपको इतिहास के हो ? भन्ने विषयलाई जानकारी दिने उद्देश्यसहित गोल्डकप आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि अनुमानित २ करोड ५० लाख खर्च लाग्ने आयोजकको भनाई छ । सुरुमा चैत ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने गरी आयोजकले तयारी अघि बढाए पनि अखिल नेपाल फुटबल संघ एन्फाले 'ए' डिभिजन लिग आयोजना गर्न लागेकोले ३ दिन पर सरेको हो ।

गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने कुरा आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्