विराटनगरको एभरेष्टमा वार्षिक उत्सव

विराटनगरको एभरेष्टमा वार्षिक उत्सव

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुल तथा कलेजले आयोजना गरेको एभरेष्ट कार्निभल २०७९ आजदेखि सुरु भएको छ । आज पहिलो दिन एभरेष्ट कलेज परिसरमा विद्यार्थीहरुले विभिन्न स्टलमा विषय अनुसारका प्रदर्शनी गरेका छन् ।

विभिन्न १८ वटा स्टलमा विद्यार्थीहरुले कला संस्कृति झल्कने देखि प्राचिन उपकरण र आधुनिक उपकरण बिचको भिन्नता छुट्याउने गरि मिनी म्यूजियम, पुस्तक प्रदर्शनी देखि फुड स्टल समेत सञ्चालन गरेका छन् ।

यस्तै प्लानेटेरियमको अवलोकनबाट विद्यार्थी तथा अभिभावकहरु उत्साहि देखिएका छन् । सोहि क्रममा आज प्ले ग्रुपदेखि प्राथमिक तहको अभिभावक दिवस समेत बनाइएको छ । जसमा बालबालिकाहरुले विभिन्न प्रस्तुति देखाएर अभिभावक र अतिथीलाई मख्ख बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्