विराटनगरमा आइतबार लघुवित्त सदस्य सम्मेलन

विराटनगरमा आइतबार लघुवित्त सदस्य सम्मेलन

विराटनगर । लघुवित्त वित्तीय कम्पनीहरुले विराटनगरमा प्रादेशिक सम्मेलन गर्ने भएका छन् । लघु वित्तमा आवद्ध भएका सदस्यहरुको समस्या एकिकृत रुपमा सम्बोधन गर्ने उद्देश्यले विराटनगरमा आइतबार (माघ २९ गते) प्रादेशिक सम्मेलन आयोजना गर्ने भएका हुन् ।

सम्मेलनले लघु वित्त वित्तीय कम्पनीबाट सेवा लिईरहेका सदस्यहरुको अनुभव, उन्नती, भावना र सोच तथा समस्याको विषयलाई छलफल गराउने दावी गरिएको छ । प्रादेशिक लघुवित्त सदस्य सम्मेलनका संयोजक संजयकुमार मण्डलका अनुसार प्रदेश १ मा केन्द्रीय कार्यालय रहेका लघुवित्त तथा सहकारी संस्थामा आवद्ध सेवाग्राही सम्मेलनमा भेला हुनेछन् ।

कार्यक्रम बारे शुक्रबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालमा ६४ लघुवित्त वित्तीय संस्था र एकदर्जन सहकारी संस्थामार्फत घरदैलो बचत, लघु बीमा, विप्रेषण लगायतका वित्तीय सेवा प्रवाह भईरहेको जानकारी दिइएको छ । देशभरका ५९ लाख परिवारमा लघुवित्त कार्यक्रमको सेवा रहेको जानकारी दिइयो । प्रदेश १ मा नेरुडे, सपोर्ट, जीवन विकास, फरवार्ड, गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्