विराटनगरमा शनिबार फिल्म ‘नीलो फूल’ नि:शुल्क हेर्नपाईने

विराटनगरमा शनिबार फिल्म ‘नीलो फूल’ नि:शुल्क हेर्नपाईने

विराटनगर । विराटनगरमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित लघु फिल्म 'नीलो फूल'को प्रिमियर सो नि:शुल्क हेर्नपाईने भएको छ ।

विराटनगरको सेन्ट्रल मलमा लघु फिल्म 'नीलो फूल' प्रिमियर सो शनिबार दिउँसो १ बजे नि:शुल्क हेर्नपाईने भएको हो । उक्त फिल्ममा विराटनगरका सागर घिमिरेको मुख्य भूमिका रहेको छ ।

राजनीतिज्ञ एवं अधिकारकर्मी सुनीलबाबु पन्त, प्रद्युम्न मिश्रको संयुक्त निर्देशनमा बनेको यो फिल्मले जबरजस्ती विवाह गरेका ‍समलिंगी एक पुरुष पात्रको कथा समेटेको छ । उक्त पात्रसँग बिहे गर्ने महिलाले परिवार, समाज र आफन्तबाट बच्चा नभएकै कारण सहनु परेको अवहेलना, तिरस्कारको कथा पनि यो फिल्ममा देखाइएको छ ।

यो फिल्मले समलिंगी पात्रले जबरजस्तीको बिहेपछि गर्ने संघर्षको मात्रै बिहेपश्चात् उनीसँग जोडिएकी महिलाका अवस्थाको पनि चित्रण गरेको छ । यो फिल्म २ दशकअघिको समयसीमामा तयार भएको हो । तर, फिल्मको कथा वर्तमान समयसँग पनि मिल्दोजुल्दो छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसले परिवार, आफन्त र समाजबाट सहनुपर्ने अवहेलना, आफ्नो यौनिक पहिचानका लागि उक्त समुदायका मानिसले गर्नुपर्ने संघर्ष र जबरजस्ती विवाहमा जोडिएपछिका अवस्थाहरु फिल्ममा देखाइएको छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुको संस्था नीलहिरा समाज स्थापना गरेका सुनीलबाबु पन्तले यो फिल्ममार्फत उक्त समुदायका जटिल विषयलाई पर्दामा छोटो समयमै देखाइदिएका छन् ।

फिल्म 'नीलो फूल'ट्रेलर हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्