विराटनगरका पारस चौधरी महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षक

विराटनगरका पारस चौधरी महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षक

विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा विराटनगरका पारस चौधरीलाई नियुक्त गरेको छ ।

एन्फाले भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि चौधरीलाई सहायक प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।

उनलाई एन्फाका महासचिव किरण राईले शुक्रबार नियुक्ति पत्र प्रदान गरे । भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि एन्फाले अनन्त राज थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । उनले विगत दुई सातादेखि टोलीलाई प्रशिक्षण गराइरहेको छन् ।

प्रशिक्षक थापाले शुक्रबारै ३३ सदस्यीय टोलीबाट १० खेलाडीलाई बाहिर राख्दै २३ सदस्यीय टोली घोषणा गरेका छन् ।

नेपालले फेब्रुअरी १५ र १८ तारिखमा भारतको चेन्नईमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । भारतविरुद्ध दुई खेल खेल्ने नेपाली टोली १३ तारिख सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्