एक्स्पोले आर्थिक गतिविधि चलायमान बनाएको छ : मुख्यमन्त्री कार्की

<span class='c1'>एक्स्पोले आर्थिक गतिविधि चलायमान बनाएको</span> <span class='c2'>छ : मुख्यमन्त्री कार्की</span>

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विभिन्न समयमा हुने ‘एक्स्पो’ले यस क्षेत्रको आर्थिक चलायमान बनाउन सहयोग पु¥याएको बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घ प्रदेश समितिद्वारा विराटनगर–२ स्थित शङ्करापुरमा माघ १९ गतेदेखि सञ्चालित ‘सिएनआइ कोसी एक्स्पो–२०७९’ को शनिबार आयोजित समापनका अवसरमा उहाँले प्रदेश सरकारले विराटनगरमा प्रदर्शनीस्थल निर्माणका लागि महानगरपालिकाले विवादरहित जग्गा र निजी क्षेत्रले नक्शा उपलब्ध गराए आगामी वर्षदेखि निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले शैक्षिक, धार्मिक, स्वास्थ्य उपचार, प्राकृतिक पर्यटक आवागमनका लागि विराटनगरमा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारको साथ र सहयोग सदैव रहने विचार राख्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रदेश सरकारले यस क्षेत्रमा निर्यातमूलुक उद्योग स्थापनामा सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश नं १ का सामाजिक विकासमन्त्री वृद्धिकुमार राजभण्डारीले एक्स्पोले उत्तर दक्षिण, पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म जोडेर आर्थिक रुपमा चलखेल गर्न सफल रहेको धारणा राख्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले त्रिदेशीय व्यापारी राजमार्गको रुपमा रहेको किमाथाङका–जोगबनी सडक अविलम्ब निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । परिसङ्घका अध्यक्ष भीम घिमिरे र सह–संयोजक गिरीजा शारडाले एक्स्पोमा मुलकका दूर्गम क्षेत्रका घरेलु तथा कृषि उत्पादनको प्रवद्र्धन गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो ।

दश दिनसम्म सञ्चालन भएका एक्स्पोमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका औद्योगिक उत्पादनका चार सय कक्ष राखिएको थियो । एक्स्पोमा वस्तु, सेवा बिक्री हुनुका साथै सन्ध्याकालीन साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । एक्स्पोमा नेपाल र भारतीय सीमावर्ती नगरका करिब चार लाख नागरिकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2