विराटनगरको तुलसी सहकारीका सञ्चालक सम्पर्कविहीन, बचतकर्ताको रकम अपचलन आशंका

<span class='c1'>विराटनगरको तुलसी सहकारीका सञ्चालक सम्पर्कविहीन,</span> <span class='c2'>बचतकर्ताको रकम अपचलन आशंका</span>

विराटनगर । विराटनगर–२ मा रहेको तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक बचतकर्ताको रकम अपचलन गरेर फरार भएको आशंका गरिएको छ । पछिल्लो दशदिन यता बचतकर्ताले रकम लिन जाँदा संस्थाका अध्यक्षसहितका सञ्चालक समिति र कर्मचारी भेटिन छाडेका हुन् ।


आफ्नो बचत रकम झिक्न आउने सेवाग्राही बारम्बार झुक्काउने काम भईरहेको छ । सहकारीमा भुक्तानी असन्तुलन भएका कारण यस्तो समस्या आएको सञ्चालकले बताउने गरेका छन् । तर, बचतकर्ताको रकम झिकेर सञ्चालकले मनोमानी व्यक्तिगत खर्च गरेका कारण सहकारीमा समस्या आएको बुझिएको छ ।

सहकारीमा बचत रकम फिर्ता लिन अहिले सेवाग्राही कार्यालयमा उपस्थित भएका छन् । उनीहरुलाई गत शुक्रबार समेत बोलाइएको थियो । तर, कार्यालय पुग्दा कोहि पनि थिएनन् । उनीहरु आइतबार पुनः कार्यालयमा पुगेका छन् । विराटनगरको ठूलो सहकारी भित्र तुलसी बहुमुखी पर्दछ । तर, एकाएक बचत रकम फिर्ता दिननसक्ने अवस्थामा पुगेको छ । बचत रकम फिर्ता दिन नसकेपनि रकम संकलन भने गरिरहेको सहकारीका सञ्चालक सम्पर्कविहीन हुँदा थप आशंका सिर्जना भएको हो ।

सहकारीका अध्यक्ष केदारनाथ शर्मा हुन् । उनी अहिले कार्यालयमा आउने नगरेको त्यहाँका कर्मचारीले बताएका छन् । २०७१ सालमा सहकारी स्थापना भएको थियो । बचतकर्तालाई आकर्षक योजना ल्याएर लोभ्याएको सहकारीले आठ वर्षमा दुई हजार बढीले जम्मा गरेको रकम बेहिसाब पारेको आरोप छ । तुलसीको उदयपुरस्थित गाईघाटमा रहेको शाखामा समेत केहिदिन अगाडी नै तालाबन्दी भएको छ ।

सहकारीले टाँसेको सुचनामा भने हाल विश्वब्यापी रुपमा भईरहेको आर्थिक मन्दिको प्रभाव परेको उल्लेख छ । लगानी गरेको रकम फिर्ता नआउँदा समस्या परेको उल्लेख गरिएपनि सञ्चालक सम्पर्कमा नआउँदा र बचतकर्ता सामु सहकारीको अवस्था सार्वजानिक नगर्दा समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्