युवा उद्यमी मञ्च र ओबी मिडियाबीच सहकार्यको सम्झौता

युवा उद्यमी मञ्च र ओबी मिडियाबीच सहकार्यको सम्झौता

विराटनगर । ओबी मिडिया प्रा.लि. र नेपाली उद्यमी युवा मञ्च विराटनगर च्याप्टरबीच दुई पक्षीय सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । युवा उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राख्न दुई संस्थाबीच सम्झौता भएको हो ।

मञ्चका अध्यक्ष राघव कोइराला र ओबी अध्यक्ष विवेक दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुई संस्थाको उद्देश्यले युवा उद्यम विकास र प्रवद्र्धनमा सहकार्य गर्ने रहेको छ । दुई पक्षीय सम्झौतामा हस्ताक्षर गर्ने क्रममा मञ्चका अध्यक्ष कोइरालाले उद्यमशीलतामा युवाहरुलाई आकर्षित गर्ने, नवप्रवर्तनमा जोड्ने र प्रोत्साहन गर्ने, उद्यम तथा व्यवसायको क्षेत्रमा युवा सहभागिता बढाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । ओबी मिडियाका अध्यक्ष दाहालले सञ्चारमाध्यमले युवा उद्यमीहरुलाई प्राथमिकतामा राखेर समाचार सामाग्री प्रकाशन गर्दा त्यसको प्रभाव सामाजिक रुपमा सकारात्मक पर्ने बताएका थिए ।

युवा उद्यमीले साझा मञ्च बनाएर २० वर्ष अगाडीदेखि संगठित बन्दै आएका छन् । देशभर १३ वटा शहरमा यसको च्याप्टर रहेको छ । पूर्व क्षेत्रमा जनकपुर, विराटनगर र सुनसरीमा यसको च्याप्टर रहेको छ । विराटनगरमा १९ वर्षदेखि नेपाली युवा उद्यमी मञ्च स्थापना भएर यसले उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएको छ । मञ्चमा आफ्नै उद्यम भएका वा उद्यमको अख्तियार प्राप्त ४० वर्ष भन्दा कम उमेरका उद्यमी आवद्ध हुन पाउने प्रावधान रहेको छ ।

विराटनगर च्याप्टरमा ५० जना युवा उद्यमी मञ्चको सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्