विराटनगरमा निःशुल्क आँखा शिविरबाट दुई हजार २६३ जनाको परीक्षण, ३० जनाको मोतिबिन्दु शल्याक्रिया

विराटनगरमा निःशुल्क आँखा शिविरबाट दुई हजार २६३ जनाको परीक्षण, ३० जनाको मोतिबिन्दु शल्याक्रिया

विराटनगर । विराटनगर महानगरपालिकासँगेको सहकार्यमा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानले दिदैं आएको निःशुल्क आँखा शिविरमा दुई हजार २६३ जनाले परीक्षण गरेका छन् । जसमध्ये ३० जनाको मातिबिन्दुको शल्यक्रिया भएको छ ।

विराटनगरका १९ वडामा ३८ वटा निःशुल्क आँखा शिविर सञ्चालन गर्न प्रतिष्ठान र महानगरपालिकाबीच सहकार्य भएको थियो ।

हालसम्म वडा नं. १, ६, ४, १८, १६, , १५, १४, २, १७, १२, १९ र ५ मा १३ वटा शिविरहरु सम्पन्न भइसकेका छन् ।

शिविरबाट मोतिबिन्दुका कारणले आँखामा समस्या भईरहेकाहरुले दृष्टि पाएका छन् ।

बाँकी रहेका शिविरहरु मध्ये फागुन १ गते वडा नम्बर १ को पूर्वाञ्चल बाल आश्रम, फागुन ८ गते विराटनगर–९ को समन्वयमा आधारभुत स्वास्थ्य केन्द्र, फागुन १५ गते विराटनगर–१० को समन्वयमा आधारभुत स्वास्थ्य केन्द्रमा, फागुन २० गते विराटनगर–३ को समन्वयनमा आधारभुत स्वास्थ्य केन्द्रमा आँखा परीक्षण गर्ने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्