नेपालले आज नामिबियाविरुद्ध खेल्दै, नेपालले पहिले फिल्डिङ गर्ने

नेपालले आज नामिबियाविरुद्ध खेल्दै, नेपालले पहिले फिल्डिङ गर्ने

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय एकदिवसीय शृंखलामा आज नामिबियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल आज घरेलु मैदान र घरेलु दर्शकको साथमा नामिबियालाई एकदिवसीय क्रिकेटमा पहिलोपटक हराउने लक्ष्यमा छन् ।

नेपालले खेलेको चारमध्ये तीनखेलमा पराजित भएको भएको छ । अर्को एक खेल नतिजाविहीन बनेको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल २४ खेलबाट १८ अंक जोडेर छैटौँ स्थानमा छ । नेपाललेआठ जितेको छ भने १४ खेलमा पराजित भएको छ ।

नेपालले अब १२ खेल खेल्न बाँकी छ । चार खेल युनाइटेड अरब इमिरेट्स (युएई)मा गएर खेल्नेछ । भने बाँकीआठ खेल घरेलु मैदानमा हुनेछन् । नेपालले सबै खेल जित्न सके शीर्ष तीन भित्र पर्न सक्ने अंक गणीतिय सम्भावना बाँकी छ । तथापी नेपालका लागि त्यो कठिन छ । नेपालका लागि अब शीर्ष पाँच भित्र रहेर एकदिवसीय मान्यता जोगाउने लक्ष्य हुनेछ ।

नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारका साथ ३७ अंक जोड्दै तेस्रो स्थानमा छ ।

नेपाल मुख्य प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा पहिलो खेल खेल्दैछ । त्यस्तै नाबालिक किशोरीमाथि बलात्कार आरोप लागेका पूर्वकप्तान सन्दीप लामिछाने पाँच महिनापछि मैदान फर्किदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्