प्रदेश १ मा चार जिल्ला हाँक्दै महिला प्रमुख जिल्ला अधिकारी

प्रदेश १ मा चार जिल्ला हाँक्दै महिला प्रमुख जिल्ला अधिकारी

विराटनगर । एक दशक अगाडी फर्किएर हेर्ने हो भने राजनीतिक, निजामती सेवामा लगायत विविध संघसंस्थाको क्षेत्रमा महिला सहभागिता औँलामा गन्ने अवस्था थियो । तर, पछिल्लो समय त्यो हिजोको आँकडा फेरिने क्रममा छ । राजनीतिक क्षेत्रदेखि निजामती सेवा साथै विभिन्न संघ संस्थामा महिला नेतृत्व उपल्लो तहमा पुग्नाले पनि यसको पुष्टि हुन्छ । त्यसो त नेतृत्व स्थानमा पुगेको महिलाहरुले अब्बल कार्यसम्पादन गरेर आफूलाई सफलताको स्थानमा उभिएका पनि छन् । सोही अनुसार नेतृत्वमा पुगेका महिलाहरुले इमान्दारिता र सफताका साथ कार्यसम्पादन गरेसँगै राज्यका लागि जिम्मेवार बनेर उत्कृष्ट कार्यसम्पादन गर्न सक्छ भन्ने विषयमा उदाहरणका रुपमा लिन सकिन्छ । भर्खरै जिल्ला प्रमुख अधिकारी (सिडिओ) बनेका ९ जना महिलाहरुलाई । गत माघ पहिलो हप्ता जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपप्रमुखसहित ७० जनाको काज सरुवा गरेको मध्ये ९ जना महिलाले जिल्ला हाक्ने अवसर पाएका छन् । जनामध्ये ४ जना प्रदेश १ मा तराई र पहाडको विभिन्न जिल्लाको नेतृत्व पंक्तिमा उभिन सफल भएका छन ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङको प्रशासनिक नेतृत्वका लािग गोमादेवि चेम्जोङ पुगेकी छिन् । पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी पाएको ताप्लेजुङ जिल्लाले असल नेतृत्व पाएको सोही जिल्लाकी संचारकर्मी एलिना दियाली बताउछिन् । यसअघि भोजपुर र सिन्धुपाल्चोकमा रहेर जिल्ला प्रमुख अधिकारीको भूमिका निर्वाह गरिसकेकी चेम्जोङले सफलताका साथ उनले जिम्मेवारी निर्वाह गरेको जानकारहरु बताउछन् ।
प्रशासनिक काममा कहिलेकाही दवाव पनि आउने गरेको उनले बताइन् ।उनी भन्छिन्,‘महिला भएकाले विभेद नभए पनि काम गर्दा आवश्यक दाबव भने आउने गर्छ । ’ उनले दवावका वीच पनि पछिल्लो समय स्थानीय सरकार आएसँगै जनप्रतिनिधिसँगको समन्वयमा रहेर काम गर्दा पछिल्लो समय त्यस्ता खाल्का समस्या आउन छोडेको उनले बताइन् । जिल्लामा महिला तथा बालबालिका र समस्यामा परेकाहरुको पिडा महिलाले समाधान गरिदिने विश्वास नागरिकमाा रहेको पाइने समेत उनले बताइन् ।

यस्तै सुनसरीमा पनि पहिलो पटक महिला सिडिओ रुपमा हुमकला पाण्डे आएकी छन् । यसअघि भक्तपुर तथा काभ्रेमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बहन गरीसकेकी पाण्डे शान्तिसुरक्षा र सिमा अपराधको कारण चुनौति रहेको मानिएको जिल्ला सुनसरीको नेतृत्व गर्दैछन् । चुनौतीलाई अवसरकोरुपमा लिएर शान्तिसुरुक्षा अमन चयन दिँदै आफ्नो कार्यलयसँगै मातहतका कार्यलयमा सार्वजनिक सेवा प्रवाह सहजिकरण बनाउने भूमिका रहने बताइन् । उनले सुनसरी जिल्लाभित्र रहेको विभिन्न शान्तिसुरक्षा सँग सम्बन्धित रहेको विषयलाई मध्यनजर गरेर अपराधको घटना घटन नदिने त्यसका लागि प्रहरी परिचालन गर्ने बताइन् । ‘ सार्वजनिक सेवालाई जनता समक्ष प्रत्यक्ष पहुँच पुयउनका निम्ति विभिन्न निकायको अनुगमन गर्ने,’ उनले भनिन्,‘ कार्यलय भित्र पनि सेवालाई प्रभावकारी बनाउनेछाँै ।’ उनले काम गर्ने क्रममा लैंगिक हिसाबले भन्दा पनि जिम्मेवारीको हिसाबले आफूले पाएको कामको जिम्मेवारी वहन गर्दै आफ्नो क्षमतालाई प्रस्तुत गर्दै अगाडी बढ्न सके विभेद अन्तय हुँदै जाने बताइन् । उनले आउने चुनौतीहरुलाई सामना गर्दै अगाडी बढ्न सके पछाडी आउने पुस्तालाई पनि बाटो खुल्ने बताए ।
यता, पहाडी जिल्ला ओखलढुंगाको नेतृत्वमा प्रदर्शनीकुमारीले प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हाल्दै छिन् । मधेशी समुदायबाट सीडीओ बन्ने पहिलो महिला रहेकी उनी नेपाली सेनाका जागिरे बुबा रामअयोध्या प्रसाद कलवारको प्रेरणाले अध्ययनपछि सरकारी सेवामा प्रवेश गरेकी हुन् ।

२०६२ सालमा निजामती सेवामा जागिर शुरू गरेकी प्रदर्शनीकुमारी शाखा अधिकृत बनेकी थिइन् । उनी २०६९ सालमा उपसचिव भएकी उनी राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी रहिसकेकी उनी पहिलो पटक सिडिओ भएकी हुन् ।
उनी जिल्ला प्रशासन कार्यालय सबै ठोक्किने ठाउँ भएकाले गुनासा पनि धेरै आउने गरेको सुनाउछिन् । शान्ति सुरक्षा कायम गर्ने जिम्मा भएकाले पनि अन्यभन्दा जिम्मेवार, संवेदनशील हुनेपर्ने अवस्था रहेको बताउछिन् ।

यस्तै धनकुटाको प्रशासनिक नेतृत्व सम्हालेकी लीलाकुमारी केसी पाण्डे पनि उपसचिव हुन् । यसअघि रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी वहन गरिसकेकी उनी खड्गबहादुर खत्री ओखलढुंगा गाउँ पञ्चायतका प्रधानपञ्च रहेकै कारण उनले पढ्ने अवसर पाएकी थिइन ।
उनी निजामती सेवामा प्रवेश गरेको दुई दशक पूरा भई सकेको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटन कार्यालय नाम्चे सोलुखुम्बु, सामान्य प्रशासन मन्त्रालय, योजना आयोगमा बसेर कार्यभार सम्हालिसकेकी छिन् ।

२०७४ सालदेखि गृह मन्त्रालयमै रहेकी केसी पहिलो अनुभव नभएकाले प्रमुख जिल्ला अधिकारीको रुपमा काम गर्न कुनै असहज नहुने बताउँछिन् । लैंगिकताभन्दा पनि क्षमताले काम गर्ने भएकाले पुरुष र महिला भन्न नहुने उनीहरुको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्