टर्कीका भूकम्प पीडितलाई महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले पठाए राहत

<span class='c1'>टर्कीका भूकम्प पीडितलाई महेन्द्र मोरङ</span> <span class='c2'>क्याम्पसका विद्यार्थीले पठाए राहत</span>

विराटनगर। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा बीबीए अध्ययनरत विद्यार्थीले भूकम्पले क्षति पु¥याएको टर्कीमा राहतस्वरुप सेनेटरी प्याड पठाएका छन् ।

क्याम्पसको बीबीए नवौ ब्याच अन्तर्गत चौंथो सेमेस्टरमा अध्ययनरत एकसय विद्यार्थीले चारसय प्याकेट प्याड पठाएका हुन् ।

मंगलबार प्रभावित क्षेत्रमा पठाउनका लागि क्याम्पसका विद्यार्थीहरुले हामी नेपाल टिममार्फत नेपाल सरकारलाई सहायता सामग्री हस्तान्तरण गरेको विद्यार्थी अंकित पोखरेलले जानकारी दिएका हुन् ।

विद्यार्थीले सामाजिक कार्य अन्तर्गत यस पटक टर्कीका भूकम्प पीडितलाई राहत पठाएका हुन् । यस अगाडी पनि बृद्धाश्रम र बालआश्रममा सहयोग गरेको विद्यार्थी पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्