कोसी अस्पताल विराटनगरको मेसुमा रविनराज सिंह

कोसी अस्पताल विराटनगरको मेसुमा रविनराज सिंह

विराटनगर । कोसी अस्पताल विराटनगरको नयाँ मेडिकल सुपरीटेन्डेन्ट (मेसु) मा डा.रविनराज सिंहले जिम्मेवारी पाएका छन् । एकवर्षको अवधीमा उनी तेस्रो मेसुको जिम्मेवारी पाउने व्यक्ति हुन् ।

कन्सल्टेन्ट सर्जन डाक्टर सिंहलाई स्वास्थ्य मन्त्रालयले कोसीको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको हो । फिजिसियन डाक्टर लक्ष्मीनारायण यादव मेडिकल सुपरिटेन्डेन्टबाट हटाइएका छन् । यादव भन्दा अगाडि हाडजोर्नी तथा नसा रोग विषेशज्ञ डाक्टर यज्ञराज खरेल मेसु थिए ।

डाक्टर चुमनलाल दासले एक वर्ष काम गरेर विदा भएका थिए । २०७७ असार १ गते मेसुको जिम्मेवारी पाएका दास २०७८ फागुन ४ गतेसम्म जिम्मेवारी सम्हालेका थिए । २०७८ फागुन ५ गते डाक्टर यज्ञराज खरेलले निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका थिए । तर उनको जिम्मेवारी सात महिनामै खोसेर यादवलाई दिइएको थियो ।

२०७९ भदौ १६ गते डाक्टर यादवले मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका थिए । जिम्मेवारी पाएको छ महिना नबित्दै स्वास्थ्य मन्त्रालयले उनको जिम्मेवारी खोसेर सिंहलाई दिइएको छ। मन्त्रालयले मंगलबार निमित्त मेसुको जिम्मेवारी दिएको हो । उनी दसौं तहका हुन् । कोसी अस्पतालमा मेसुको दरबन्दी ११ औं तहको छ । अस्पतालमा ११ औं तहका दुई चिकित्सक छन् । तर मन्त्रालयले भने १० औं तहका चिकित्सकलाई निमित्त जिम्मेवारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्