उता कोलाहल, यता मनमा खट्पट

उता कोलाहल, यता मनमा खट्पट

सुजता लिम्बु
अनुहार कालो बादल मडारिए झैँ थियो । आँखामा त्रास र आसको समायोजन छर्लङ्गै देख्न सकिन्थ्यो । त्यो भीड, कोलाहलमा आकाशतर्फ फर्किएर लामो स्वास फेर्दै मौनतामा अड्किएकी थिईन् । मन भित्र के चल्दैछ ? उनै जानुन तर केही न केही सोँचाइहरुले उनको मन भित्रको कुनाकन्दरा चाहार्दै थियो ।
मधेसमा दिनदिनै बढ्दै गरेको तातो रापले उनको गहुँगोरो अनुहारमा गाला रातोपिरो भएको देख्न सकिन्थ्यो ।
घरिघरि मोवायलको स्कृनमा आँखा डुलाउँदै गर्दा विक्षिप्त बने झैँ भान हुन्थ्यो । उनको त्यो दृश्य मैले सडक पारीबाट नियालिरहेकी थिए ।
एक्कासी प्रश्न सोधि हाल्न पनि के सोच्दी हुन भन्ने प्रश्नले आफैलाई अड्को थापिदियो । यद्यपी मैले हिम्मत बटुलेर उनी छेवैमा पुगे ।
मः नमस्कार
टोलाइरहेकी उनी : झस्किन, ओहा ! नमस्कार हजुर ।
मः आराम हुनुहुन्छ ?
उनी : ठिक छु हजुर..
अनुहार अनुसार हिसाब गर्ने हो भने उनी यस्तै २० नाघेकी होलिन् । मैले उमेर सोध्न चाहिन तर उनको मन मष्तिस्क भित्र के चल्दै छ भन्ने विषयलाई भने गहिरिएर सोध्न चाहे । सोमबार काठमाण्डौमा मजदुर आन्दोलनको नाममा ल्होत्से मलबाट मोबाइल, ल्यापटप लुटिएको घटना उनले भिडियोमार्फत र समाचारमार्फत पत्तो पाएकी रहेछिन् । त्यही घटनाले बिमला क्षेत्री (नाम परिवर्तन) लाई आफूले अंगालेको पेसाप्रति द्धविधा पैदा भएको सुनाइन् । ५ वर्ष अगाडी जनताको जीउ धन रक्षा र देशको सुरक्षाका निम्ति आफ्नै देशको सुरक्षा गर्ने हुटहुटीले नेपाल प्रहरीमा भर्ती भएकी उनी देशको अवस्था देखेर हैरान भएको सुनाउछिन् ।

उनलाई पसल लुटिनु सँगै आफ्नै कार्यलयको भेन जल्दै गर्दा सुरक्षा निकाय नै सुरक्षित नभएको देख्दा सर्वसाधरण निमुखा जनताको अवस्था कस्तो होला ? भन्ने प्रश्नले पिरोलेको सुनाईन् । ‘म ५ वर्ष अगाडी देश र जनताको सुरक्षा गर्ने उद्देश्यले नेपाल प्रहरीमा भर्ती भए,’ डिउटीमा खटिएकी उनले सुनाइन्,‘घामपानि परिवारको माया सबै एक ठाँउमा राखेर जनतको सुरक्षामा खटिएका छाँै, तर, जस पनि त छैन ।’ उनी थप्छिन्,‘प्रहरीले भीड नियन्त्रण गर्न लाठि चार्ज ग¥यो ज्याज्यादी भन्दिन्छन, गोली चलायो प्रहरीलाई दोषी ठहराउछन् ।’ कानुनको अवज्ञा गर्दै बुझेका मान्छे हिँड्ने गर्छन आदेशको पालनासहित कार्वाही गर्दा सजाय तल्लो दर्जाले बोहोर्नुपर्ने अवस्था सृजना हुनाले नेपालमा नै केही गर्छु भनेर दुख गर्ने प्रहरी जवान होस या अफिसर सबै प्रति वितृष्णा पैदा हुने गरेको उनी सुनाउछिन् ।

आदेश अनुसार आफूहरुले कार्तव्यनिष्ठ भएर पाएको जिम्मेवारी पुरा गर्नुपर्ने हुँदा सबै राम्रो काम होस या नराम्रो सबैमा ताली भन्दा पनि गाली आउने गरेको एक प्रहरी अधिकृतले बताए । जनता आफै पनि विना बर्दीको सिपाही भएकाले बर्दीसहितको सिपाहीलाई साथ हौसला प्रदान गरे देशको शान्ति सुरक्षामा खटिएका प्रहरीहरु प्रति हौसला प्रदान हुने उनको तर्क थियो । ‘हामी पनि मर्यादामा बाँधिएका हुन्छौँ, आदेश अनुसार काम गर्नुपर्ने हुन्छ,’ ती अधिकृतले भने,‘ माथिबाट आएको आदेश अनुसार डियुटीमा खटिएका हुन्छाँै, राम्रो काममा पनि नराम्रो काममा पनि सबै दोष प्रहरीले खेप्नुपर्ने हुन्छ । ’ यस्तो प्रवृत्तिले काममा निरास पैदा हुने सम्भावना नआउला भन्न नसकिने उनले बताए । यद्यपी देश र जनताका लागि खटिएका प्रहरीले जिम्मेवार पूर्वक कार्यसम्पादन गर्नैपर्ने बताउदै उनी भन्छन्,‘हाम्रो विभागबाट गलत भएकालाई हामीले स्विकारेका छाँै, तर, कर्तव्यपालनको दौडानमा जनताले पनि नियम कानुनको उलङघन नगरी हामीलाई साथ दिनुपर्ने हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्