विराटनगरस्थित तुलसी सहकारीका दुईजना सञ्चालक पक्राउ

विराटनगरस्थित तुलसी सहकारीका दुईजना सञ्चालक पक्राउ

विराटनगर । विराटनगर–२ स्थित तुलसी बहुमुखी सहकारी संस्थाका दुईजना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

संस्थाका अध्यक्ष फरार रहेपनि उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

बचतकर्ताको रकम फिर्ता दिन नसकेका कारण पछिल्लो १५ दिनयता सहकारीमा आन्दोलन चलिरहेको छ । संस्थाका अध्यक्ष फरार रहेका कारण उपाध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएर कारोबार मिलाउन मौका दिइएको छ । मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्र्कीले सञ्चालक भाग्नबाट रोक्ने उद्देश्यले दुईजनालाई पक्राउ गरेर पैसा फिर्ता दिनका लागि मौका दिइएको बताए ।

सहकारीमा बचतकर्ताले राखेको २० हजारदेखि ४० लाख रुपैँयासम्म रकम हिनामिना गरिएको आशंका छ ।

प्रहरीले दुईजनालाई पक्राउ गरेपछि उनीहरुलाई तत्काल अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्