विराटनगर महानगरद्वारा ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन

<span class='c1'>विराटनगर महानगरद्वारा ‘विद्यालयका बालिकासँग</span> <span class='c2'>उपप्रमुख’ अभियान सञ्चालन</span>

विराटनगर । विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन गरेको छ ।

महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत बुधबार विराटनगर-११ स्थित जनपथ माविमा कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा-९ र १० का बालिकाहरू सहभागी भएको कार्यक्रममा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिले गर्ने कार्यका विषयमा जानकारी गराएकी थिइन् । उपप्रमुख कार्कीले आफूलाई परेका समस्या खुलस्त राख्न बालिकाहरूलाई आग्रह गरिन् । अभिभावक र विद्यालयका शिक्षकहरूबाट बालिकाहरूलाई कस्तो व्यवहार भइरहेको छ भन्ने जानकारी लिन अभियान सञ्चालन गरिएको उपप्रमुख कार्कीले बताइन् ।

उपप्रमुखसित बालिकाहरूले खुलस्त आफ्ना कुरा गरेका थिए । बालिकाहरूलाई पेपर दिएर आफ्ना मनका कुरा लेख्न दिइएको थियो । बालिकाहरूले लेखेका कुरा आफूले अध्ययन गर्ने र विद्यालयले सुधार गर्नुपर्ने केही विषय भए सुधार्न निर्देशन दिने उपप्रमुख कार्कीले जानकारी दिइन् । “कतिपय समस्या बाहिर ल्याउन नसक्दा बालिकाहरू डिप्रेसनमा जाने अवस्था पनि रहन्छ,” उनले भनिन्, “यस्ता कार्यक्रमले उनीहरूभित्र गुम्सिएका कुरा बाहिर आउँछ र मन हलुका हुन्छ । साथै केही समस्या भए बेलैमा समाधान गर्न सकिन्छ ।”

कार्यक्रममा न्यायिक समितिका सदस्यसमेत रहेका विराटनगर-११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, कानुन शाखाकी प्रमुख कानुन अधिकृत शारदा थपलियाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियानले बालिकाहरूका समस्या पत्ता लगाएर समाधान गर्न सहयोग पुग्ने बताए । अभियानमार्फत महानगरका सबै सामुदायिक विद्यालयमा पुगेर बालिकाहरूका समस्या बुझ्ने थपलियाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्