सुनसरीको बर्जुमा वेवारीसे अवस्थामा भेटिएको मोटरसाईकल कसको हो ?

<span class='c1'>सुनसरीको बर्जुमा वेवारीसे अवस्थामा भेटिएको</span> <span class='c2'>मोटरसाईकल कसको हो ?</span>

विराटनगर । सुनसरी जिल्लाको बर्जु गाउँपालिका २ भिमपुरमा वेवारीसे अवस्थामा भेटिएको मोटरसाईकलका धनी अहिले सम्म पहिचान खुल्न सकेको छैन ।

देवानगंजबाट विराटनगर आउदै गरेको को ३० प ७४५५ कालो रङ्गको होन्डा साईन मोटरसाईकल पुलमा ठोकिएर दुर्घटना अवस्थामा स्थानियले फेला पारेका थिए । सुनसरीको सितागंज स्कुलदेखि २०० मिटर अगाडि नहरको पुल छेउमा उक्त मोटरसाईकल वेवारीसे अवस्थामा भेटिएपछि अहिले ईलाका प्रहरी कार्यालय सितागंजमा राखिएको छ । पुलमा ठोक्किएर खाली मैदानमा वेवारीसे अवस्थामा रहेको मोटरसाईकलमा मसलाको धुलो , एउटा खाना पकाउने कुकुर र खुर्पा भेटिएको ईलाका प्रहरी कार्यलय सितागंजले जानकारी दिएको छ ।

‘प्रहरीका अनुसार घरायसी सामान सहित भेटिएको मोटरसाइकल कसको हो अहिले सम्म कोही पनि सम्पर्कमा आएका छैनन् ।’ ‘हामीलाई बुुधबार बेलुका मोटरसाईकलको बारे जानकारी आएको थियो ।’ तत्काल ईलाकामा ल्याएर राखेका छौँ, हामीले विभिन्न माध्यमबाट सुचना प्रशारण पनि गरिहकेका छौँ सितागंजका प्रहरी जवान सनोज रायले भने’, ‘तर कोही पनि सम्पर्कमा नआउदा हामीले यसरीलाई गम्भिरताका साथ हेरेका छौँ ।’

दुर्घटना सहित घरायसी सामानको साथमा वेवारीसे अवस्थामा भेटिएको मोटरसाईकलले २४ घण्टा वितिसक्दा पनि मोटरसाईकलका धनी सम्पर्कमा नआउदा प्रहरी र स्थानीयले घटनालाई निकै चासो र गम्भिर रुपमा लिएका छन् ।

तस्बिर सौजन्य : जुगेश दास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्