मिसेस कोशीको फाइनलमा १७ जना छनौट

मिसेस कोशीको फाइनलमा १७ जना छनौट

विराटनगर । चौथो संस्करणको मिसेस कोशीको फाइनलमा १७ जना छनौट भएका छन् ।

जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा हुँदै गरेको मिसेस कोशी २०२२ प्रतियोगितामा २१ जना प्रतियोगिहरुबाट प्रारम्भीक चरणको प्रतिस्पर्धामा ४ जनाप्रतियोगिहरु बहिरीएका हुन् ।

फाइनलको लागि १७ जना किशोरी छनौट गरिएको जय मिडिया मेनेजमेन्ट प्रालिका सिइओ नीशा खतिवडाले जानकारी दिइन् । छनौट भएका १७ जना फाइनलीस्टमा विराटनगरकी ज्योतीशाही श्रेष्ठ, आस्मा देव राठी, सकुन्तला राजवंशी, जानुका राजवंशी, सम्झना कार्की थापा, कविता अधिकारी, शिखा श्रेष्ठ, रन्जु सुब्बा र विराटनगरकै नितु देव रहेकी छिन् । धरानबाट रीता राइ, शान्ती धिमाल र ललिता राइ रहेका छिन् ।

त्यसैगरी इटहरीबाट प्रतिक्षा पाण्डे, कटहरीबाट सुजिता सरदार, कर्सियाबाट गीता राजवंशी, काकरभिट्टाबाट शिखा लिम्बु र पोखराबाट ममता खड्का (उर्मिला) फाइनलको प्रतिस्पर्धामा रहेकी छिन् ।

प्रतियोगिताको फाइनल फागुनको दोस्रो हप्तामा विराटनगरमै हुने जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्