विराटनगरको कोसी अस्पताल : मेसु फेर्दै सफा गर्दै, अस्पताल विकास समितिको ‘फेभर’

विराटनगरको कोसी अस्पताल : मेसु फेर्दै सफा गर्दै, अस्पताल विकास समितिको ‘फेभर’

विराटनगर । एक साता अगाडीसम्म कोसी अस्पताल परिसर पुग्दा फोहोर जताततै देखिन्थ्यो । एकसातापछि शुक्रबार अस्पतालको फोहोर सफा गरिएको छ ।

अस्पताल परिसर सफा राख्नु हरेक हिसाबले राम्रो मानिन्छ । तर, एकसाता अगाडी र पछाडीको सफाई कार्यक्रमको उद्देश्य भने फरक छ ।
कोसी अस्पताल विराटनगरको नयाँ मेडिकल सुपरीटेन्डेन्टमा डा.रबिनराज सिंहले जिम्मेवारी पाएका छन् । उनी अस्पताल विकास समितिका फेभर मेसु हुन् । भर्खरै नियुक्त भएका उनलाई सफल बनाउन शुक्रबार अस्पताल परिसर विकास समितिको अगुवाईमा सरसफाई गरिएको छ ।

एकवर्षको अवधीमा तेस्रो मेसु सिंह अगाडी कन्सल्टेन्ट सर्जर डाक्टर लक्ष्मीनारायण यादव थिए । उनीसँग महेश भट्टराई अध्यक्ष रहेको अस्पताल विकास समिति कहिल्यै सकारात्मक हुन सकेन । केपी ओली प्रधानमन्त्री हुँदा नियुक्त भएको अस्पताल विकास समितिलाई हटाएर बीचमा शेरबहादुर देउवा सरकारले नयाँ अस्पताल विकास समिति नियुक्त गरेको थियो ।

त्यहि कारण अस्पतालको प्रशासन हेर्ने मेसु यादव र अस्पतालको विकास हेर्ने समितिबीच सधैं हानथाप भईरहयो । यद्यपी भट्टराई नेतृत्वको विकास समितिलाई सर्वोच्चले नहटाउन आदेश दिएपछि अहिलेसम्म त्यहि कायम छ । एकवर्षको अवधीमा डा.यज्ञराज खरेलm लक्ष्मीनारायण यादव र सिंह मेसुको जिम्मेवारीमा नियुक्त भईसकेका छन् । अस्पतालको सेवा सुधार लगायतका काममा भन्दा राजनीतिक तानातानमा सरकारी अस्पताल सधैं व्यस्त देखिने गरेको छ ।

यी तीनजना मेसु आउनु अगाडी डा.चुमनलाल दास थिए । उनको पालामा कोरोना संक्रमणको जोखिम थियो । त्यसबेलाको भूमिका सकारात्मक थियो । दास अगाडी डा.संगिता मिश्रा र त्यस अगाडी डा.रोशन पोखरेल मेसु भएका थिए । पोखरेल स्वास्थ्य मन्त्रालयको सचिव छन् भने मिश्रा सरुवा भएर गएकी छिन् ।

अस्पताल विकास समितिले जो मेसु आएपछि सुधारका लागि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर, फेभरको मेसु पाउँदा मात्रै अस्पताल सुधारका कामगर्ने बानीले सरकारी निकायको काम प्रभावकारी नहुने गरेको छ । अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले भने मेसु आउँदा मात्रै सक्रिय हुने भन्ने कुरा अस्वीकार गर्दछन् । उनले भने हामी सधैं सकारात्मक हुन्छौं, उनले भने कोहि आउँदा वा जाँदा मात्रै विकास समिति सहयोगी बन्दैन ।

शुक्रबार अस्पतालको मेसु, कर्मचारी, विकास समिति, राष्ट्रिय युवा संघ विराटनगर कमिटि, पूर्वाञ्चल क्लिनिङ्ग सर्भिस र परिवर्तनका लागि हातेमालो अभियानले कोसी परिसर सरसफाई गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्