विराटनगरमा जारी ब्याडमिन्टन प्रतियोगिता : विष्णु र प्रिन्स सेमिफाइनलमा

विराटनगरमा जारी ब्याडमिन्टन प्रतियोगिता : विष्णु र प्रिन्स सेमिफाइनलमा

विराटनगर । नेपाल पुलिस क्लबका विष्णु कटुवाल र प्रिन्स दाहाल विराटनगरमा जारी ‘लिनिङ १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता- २०२३’ को नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरियताभित्र रहेका पुरुष एकलको सेमिफाईनलमा प्रवेश गरेका छन् ।

विष्णुले एपिएफका देवराज रानालाई २४-२२, २१-१० ले तथा प्रिन्सले पुलिसकै सुनिल जोशीलाई २१-११, २१-८ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् । यस्तै सेमिफाइनलप्रवेश गर्ने अर्का खेलाडीहरुमा त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जन रहेकाछन् । प्रफुलले कास्कीका बिधान अधिकारीलाई २१-१४, २१-१२ र रुकेशले एपिएफका क्षितीज खनाललाई २२-२०, २१-१३ ले पराजित गर्दै सेमिफाइनलयात्रा तय गरेका हुन् । फाइनलप्रवेशका लागि अव विष्णुले प्रफुल र प्रिन्सले रुकेशको सामना गर्नेछन् ।

नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शीर्ष १२ वरियता बाहेकको महिला एकल तर्फ राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले एपिएफकी सुनयना मुखियालाई २१-१६, २१-१३ ले पराजित गर्दै सेमिफाईनलमा एपिएफकी जेशिका गुरुङसंगको भेट पक्का गरेकी छिन् । इटहरीमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा पनि दुईबीच सेमिफाइनलमा प्रतिस्पर्धा भएकोमा जेशिकाले जित हात पारेकी थिईन् । यस्तै अर्को प्रतिस्पर्धामा आर्मीकी अनुमाया राईले पुलिसकी नीता लम्साललाई २१-१६, २१-१५ ले पराजित गरी सेमिफाईनलमा आर्मीकै प्राथना देउवासंग प्रतिस्पर्धा गर्नेछिन् । प्राथनाले आर्मीकै अमिता गिरीबाट वाकओभर प्राप्त गरिन् ।

पुरुष एकल शीर्ष वरियता १६ देखि बाहेकतर्फ आर्मीका हिमाल चन्दले एपिएफका अमन महर्जनलाई २१-१८, २२-२० ले तथा आर्मीका पविन लिनथेपले एपिएफका अरुण अधिकारीलाई २१-१८, २१-८ ले पराजित गर्दै सेमिफाइनलभेट पक्का गरे । अर्को खेलमा एपिएफका प्रनिश सिंह ठकुरीले मोरङका बिवेक चौधरीलाई २१-८, २१-१८ ले तथा एपिएफका सुजन थापाले उदयपुरका विनय चौधरीलाई २१-१४, २०-२२, २१-५ ले पराजित गर्दै सेमिफाईल प्रवेश गरे ।
पुरुष यु १७ तर्फको खेलमा एपिएफका रोशन साउद, ललितपुरका लक्ष्मण राना, दाङका सनौला रैनी र आर्मीका अनिल मल्ल सेमिफाइनलप्रवेश गरेका छन् । साउदले आर्मीका अभय महरालाई २१-१४, २१-९, रानाले आर्मीका कविर केसीलाई १६-२१, २१-१८, २१-१३, रैनीले मोरङका सुप्रिम पन्तलाई २१-१७, २१-११ र मल्लले उदयपुरका विनय चौधरीलाई २६-२४, २१-१८ ले पराजित गरे ।

यस्तै महिला तर्फ आर्मीर्की रिहाना शेरचनले मोरङकी भावना गुरुङबाट वाकओभर प्राप्त गर्दै सेमिफाईनलमा स्थान बनाईन् । कास्कीकी निभा राईले पिएसबिसीकी आयुषा नेपाललाई २१-१८, २३-२१, आर्मीकी टिशा रानी शाक्यले बेलटार ब्याडमिन्टन एकेडेमीकी नितिशा रेयका मगरलाई २१-१७, २१-१० र ताप्लेजुङकी नुमा लिम्बुले एपिएफकी रन्जु रानालाई ११-२१, २२-२०, २१-१९ को संघर्षपूणर् जित निकाल्दे सेमिमा स्थान बनाए ।

५५ बर्ष माथिको युगल तर्फ सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडी, कास्कीका रमेश भट्टचन र खोटाङका दीपक राईको जोडी, पाँचथरका रामराज आङदम्बे र संजय भक्तराजको जोडी तथा बि.बि.सी.का केशव कार्की र आर.के. सिंहको जोडीले पनि सेमिफाईनलमा स्थान बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्