संखुवासभाको विद्यार्थीले भ्रमण गरे विराटनगरको टेक्फिनिटि सल्युसंस एण्ड रिसर्च

संखुवासभाको विद्यार्थीले भ्रमण गरे विराटनगरको टेक्फिनिटि सल्युसंस एण्ड रिसर्च

विराटनगर । विराटनगरको टेक्फिनिटि सल्युसंस एण्ड रिसर्च प्रा.लीमा संखुवासभाको एक विद्यालयले शैक्षिक अवलोकन भ्रमण गरेको छ।

फागुन ३ गते बुधबार संखुवासभा जिल्लाको मादी माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले विराटनगरमा रहेको टेक्फिनिटि सल्युसंस एण्ड रिसर्चमा आएर शैक्षिक अवलोकन भ्रमण गरेको हो ।

कम्युटर इञ्जिनियरिङ एवं विज्ञान विषयमा अध्ययन गर्ने ३२ जना विद्यार्थी र ६ जना शिक्षक भ्रमण गर्न आएको टेक्फिनिटि सल्युसंस एण्ड रिसर्चका संचालक उमेश यादवले जानकारी दिए।

आइटी सम्बन्धि विषयमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई टेक्फिनिटि सल्युसंस एण्ड रिसर्चका निर्देशक सुजित झा र पर्वत राज झाले प्रशिक्षण गरेका थिए।

सल्युसंस एण्ड रिसर्चले विगत १० वर्ष देखि टेक्नीकल कन्सलटेन्ट र एडभाइसको पनि काम गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्