नेपाली सेनाद्धारा विराटनगरको मानसेवा आश्रमलाई खाद्यन्न सामाग्री सहयोग

<span class='c1'>नेपाली सेनाद्धारा विराटनगरको मानसेवा</span> <span class='c2'>आश्रमलाई खाद्यन्न सामाग्री सहयोग</span>

विराटनगर । महाशिवरात्री एवम् नेपाली सेनाको २६० आँै वार्षिकउत्सवको आवसरमा नेपाली सेनाले मानवसेवा आश्रमलाई खाद्यन्न सामाग्री वितरण गरेको छ ।


श्री भैरब गणले श्री पूर्व पृतना हेटक्वाटर तथा श्री नं. २ बाहिनी अड्डाको समन्वयमा शनिबार विराटनगर १० मा रहेको मानसेवा आश्रममा खाद्यन्न वितरण गरेको हो ।
आन्तरिक श्रोतबाट आश्रममा आश्रितहरुका लागि खाद्यन्न तथा दैनिक उपभोग्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । सो सामाग्रहीहरु श्री पूर्वी पृतना हेटक्वाटर का पृतनापति उपरथि सहदेब खड्काद्धारा हस्तान्तरण गरिएको हो ।

खाद्यन्न हस्तान्तरण कार्यक्रममा आश्रममा उपस्थित सम्पूर्ण सुभचिन्तकलाई शिवरात्री एवम सेना दिवसको शुमकामना समेत दिएका थिए । मानव सेवा आश्रममा रहेका ६ जना बालकालिका सहित ६६ जनाका सहयोगापेक्षीहरुका लागि करिब एक महिनाका लागि आवश्यक खाद्यन्न सामाग्री वितरण गरिएको श्री भैरब गणका गणपति प्रमुख सेनानी श्री अमृत थापा मगरले जानकारी दिए । प्रमुख थापाका अनुसार चामल, दाल, गेडागुडी, चिनी लगायतका सामाग्रीहरु वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्