विराटनगर । हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री देशभर मनाइएको छ ।
यसैक्रममा आज (शनिबार) विराटनगरमा पनि शिवरात्री धुमधामका साथ मनाइएको छ ।
विराटनगरस्थित धरान रोडमा रहेको शिवालय मन्दिर, विराटनगर १७ स्थित मण्टा पोखरीमा रहेको शिव मन्दिर लगायतमा भगवान शिवको पुजाअर्चना गर्न विहानै देखि भक्तजनहरुको भिड थियो ।
आजको दिन विहानैदेखि नदी, तलाउ, कुण्डमा स्नान गरि विभिन्न शिवमन्दिर अर्थात शिवालयमा गई यो पर्व मनाउने प्रचनल छ ।