विराटनगर । विराटनगरमा रहेको गौतम बुद्ध स्कुलले ४२ औं वार्षिकोत्सव तथा तेस्रो फनफिस्टा विविध कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ ।
स्कुल परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
वार्षिक उत्सवको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरेका थिए । स्कुलको वार्षिक उत्सवको उद्घाटन गर्दै मेयर कोइरालाले संस्कार र सिपसहितको गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए । अहिले आवश्यकता भनेको संस्कार सहितको रोजगारमुखी शिक्षा भएकोले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।
स्कुलका भाइस प्रिन्सिपल निकिता ताम्राकार सुवालले स्वागत मन्तब्य राखेकी थिइन् ।
वार्षिक उत्सवको अवसर पारेर फनफिस्टा पनि आयोजना गरिएको थियो । फनफिस्टामा एक दर्जन बढी स्टलहरु रहेको स्कुलका प्रिन्सिपल केशवलाल सिंह सुवालले जानकारी दिए । कार्यक्रममा बोल्दै सुवालले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको क्षमता अभिवृद्धीको लागि स्कुलले विशेष ध्यान दिएर काम गरेको बताए । वार्षिक उत्सवमा विद्यार्थीहरूले साँस्कृतिक नृत्य, गायन र फेशन शो पनि प्रस्तुत गरी सहभागिहरुलाई दिनभरी मनोरञ्जन प्रदान गरीएको थियो ।
कक्षा नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीहरुले मनोरञ्जनत्मक खेलहरु पनि देखाएर रमाइलो गरे । वार्षिक उत्सवमा अवसरमा एलकेजीदेखि कक्षा १० सम्म प्रथम, द्धितीय र तृतीय हुने ६८ जना विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरियो । यस्तै २५ वर्षसम्म गौतम बुद्ध स्कुलमा अध्यापन गराउने चार जना शिक्षकहरुलाई सम्मान गरेको थियो ।