प्रजातन्त्र दिवसमा मोरङ स्तरीय एसबीएससी चित्रकला प्रतियोगिता

<span class='c1'>प्रजातन्त्र दिवसमा मोरङ स्तरीय</span> <span class='c2'>एसबीएससी चित्रकला प्रतियोगिता</span>

विराटनगर । मोरङ जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पोलस्टार स्कुल र रंगेलीको माउण्ट मकालु सेकेण्डरी स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मारङको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर आइतबार विराटनगरमा आयोजना गरिएको प्रतियोगितामा जुनियरतर्फ पोलस्टार स्कुलका रिदम दाहाल र सिनियरतर्फ माउण्ट मकालु स्कुलका चञ्चल मण्डलले चित्रकाला प्रतियोगिताको उपाधि जितेको हो ।


यस्तै कक्षा १ देखि पाँच कक्षासम्म अध्ययरत जुनियर विद्यार्थीहरुबिच आयोजना गरिएको प्रतियोगिताको द्धितीय विराटनगरको डिपिएस स्कुलका क्रिति राय, तृतीय उर्लाबारीको नेपाल आर्दश स्कुलका सुमन तामाङ्ग र सान्तवना विराटनगरको बुढानिलकण्ड स्कुलका रोनिशा दास भइन् ।
यसैगरी कक्षा ६ देखि १० कक्षासम्मको सिनियर विद्यार्थीहरुबीच भएको प्रतियोगिताको द्धितीय विराटनगरको बुढानिलकण्ड स्कुलकी वर्षा शर्मा, तृतीय विराटनगरको ग्रेडेड स्कुलका कृतिका यादव र सान्तवना विराटनगरकै मदरल्याण्ड एकाडेमीका निशान्त साह भए । प्रथम, द्धितीय, तृतीय सान्तवना हुने विद्यार्थीहरुले क्रमश ः पाँच, तीन, दुई र १ हजार रुपैयाँ र ट्रफि पाए ।


प्रतियोगितामा जिल्लाभरीका सिनियरतर्फ ३४ र जुनियरतर्फ ३० वटा विद्यालयका १४३ जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएको संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले जिल्लाभरीको निजी विद्यालयहरुबीच प्रत्येक वर्षको प्रजातन्त्र दिवसको अवसर पारेर चित्रकला प्रतियोगिता गर्दै आएको बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्