विराटनगर । विराट राजवंशी प्रगतिशील विकास समाज समितिको आयोजनामा विराटनगरमा मिस्टर एण्ड मिस विराट राजवंशी–२०७९ प्रतियोगिता हुने भएको छ । आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको पहिलो अडिसन फागुन ९ गते हुने जानकारी गराएको हो ।
प्रतियोगितामा १६ बर्ष बढी उमेर समुहका किशोरकिशोरीलाई सहभागि गराईने जनाएको छ । सहभागिताकालागि हालसम्म १ सय बढी युवायुवतीले फारम भरिरकेको आयोजक समितिले जनाएको छ । उक्त अडिसनबाट फाईनल प्रतिस्पर्धाकालागि छनौटमा परेका ३५⁄३५ जना युवायुवती गरि ७० जना प्रतिस्पर्धिलाई १ महिने प्रशिक्षण दिईने जनाईएको छ । प्रतिस्पर्धिलाई व्यक्तित्व विकाश र वक्तृत्वकला लगायतका जीवन उपयोगि विधामा विज्ञहरुबाट प्रशिक्षण दिलाउने आयोजकको भनाई छ ।
आयोजक संस्थाका अध्यक्ष किरण राजवंशीले समुदायका युवायुवतीको व्यक्तित्व विकास र शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उद्धेश्य सहित नेपालमैं पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रतियोगिताको उपाधि बिजेता मिस्टर एण्ड मिसलाई चाँदीको क्राउन सहित ३१ हजार नगद राशिका साथै संस्थाद्वारा निर्माण गरिने म्यूजिक भिडियो खेल्ने अवसर प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
यसैगरी दोश्रो हुनेलाई २१ हजार र तेश्रो हुनेलाई ११ हजार नगद पुरस्कार राशी सहित म्युजिक भिडियो खेल्ने अवसर समेत प्रदान गरिने छ । यसका साथै विभिन्न विधाका बिजेतालाई आर्कषक गिफ्ट ह्याम्पर उपलब्ध गराउने जनाएको छ ।