मोर्डन एरा स्कुलको दुईदिने अभिभावक दिवस, चार विद्यार्थी लिटल च्याम्पियन

<span class='c1'>मोर्डन एरा स्कुलको दुईदिने अभिभावक</span> <span class='c2'>दिवस, चार विद्यार्थी लिटल च्याम्पियन</span>

विराटनगर । विराटनगर – ३ आयल निगम पुर्व रहेको मोर्डन ऐरा स्कुलले दुईदिने अभिभावक दिवस सम्प्न्न गरेको छ । दुईदिने अभिभावक दिवसमा ‘मोर्डन एरा लिटल च्याम्स’ चार जना विद्यार्थी च्याम्पियन भएका छन् ।

अभिभावक दिवसको अवसर पारेर आयोजना गरीएको उक्त प्रतियोगिता अन्र्तगत गायन विद्या तर्फको मोर्डन एरा लिटल च्याम्स हिमानी घिमिरे, नृत्य जुनियरतर्फमा युनिका घिमिरे, सिनियर तर्फ प्रजिना राई र मोडलिङ तर्फ भुमिका थापा मगर घोषित भएकी हुन् ।
यस्तै मोडलिङ तर्फ रक्षा ओझा फस्ट रनरअप र निर्जला आचार्य सेकेन्ड रनरअप भइन् । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्नका लागी मोर्डन एरा लिटल च्याम्सको आयोजना गरेको हो ।


मोर्डन एरा लिटल च्याम्स स्कुलमा अध्ययनरत ५४३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । पहिलो शृङखलामा २०२ विद्यार्थीहरु छनोट भएका थिए । कार्यक्रम पहिलो, दोस्रो, तेस्रो र फाइनल गरि चार चरणमा सम्पन्न गरिएको हो । फाइनलमा ३० जना विद्यार्थी पुगेका थिए ।विद्यार्थीहरुलाइ विभिन्न क्षेत्रमा अग्रसर गराउन साथै उनिहरुका प्रतिभा प्रस्फुटन गराउनका लागि मोर्डन एराले यस्ताखाले कार्यक्रमको आयोजना गर्दै आइरहेको प्रिन्सिपल इन्द्र राइले बताए । मोर्डन एरा लिटल च्याम्सले मोर्डन एरा विद्यालयका विद्यार्थीहरुलाइ हरेक क्षेत्रमा अव्बल रहन सहयोग गर्ने समेत राइले बताए । गुणस्तरिय शिक्षा संगै अतिरिक्त क्रियाकलापहरुमा प्राइभेट विद्यालयहरु संधै अगाडी रहेको र मोर्डन एरा विद्यालयले प्रदेश १ को शिक्षाका क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको उनले बताए ।


अभिभावक दिवसको समापन गर्दै प्रिन्सिपल राईले सिप, संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले मोर्डन एराबाट उत्पादन भएको विद्यार्थीहरु राष्ट्रको विभिन्न ओदामा पुग्न सफल भएको बताए । कक्षा १२ सम्म मोर्डन ऐरामा १ हजार ३ सय ११ जना विद्यार्थी अध्ययरत रहेको उनले बताए । मोर्डन ऐरा स्कुलले अभिभावक दिवसमा दिुई दिनसम्म कार्यक्रम गरी मनाएको हो । शनिबार पहिलो दिन पिजिदेखि कक्षा २ सम्म अध्ययरत विद्यार्थीहरूले नृत्य, गायन, स्पिजलगायतका प्रतिभा देखाए । आइतबार ३ देखि कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्