विराटनगरमा डिजे नियन्त्रण गर्न पार्टी प्यालेस सञ्चालकको माग

विराटनगरमा डिजे नियन्त्रण गर्न पार्टी प्यालेस सञ्चालकको माग

विराटनगर । विराटनगरमा पार्टी प्यालेस सञ्चालन गर्दै आएका व्यवसायीले डिजे नियन्त्रण गरिदिन प्रहरीसँग आग्रह गरेका छन् । सार्वजानिक स्थानको रुपमा चिनिने पार्टी प्यालेसमा विभिन्न कार्यक्रमका लागि हुने भीडले शान्ति सुरक्षामा पार्नसक्ने प्रभाव र नियन्त्रणका उपाय बारे जिल्ला प्रहरी कार्यालय मोरङमा भएको छलफल कार्यक्रममा सञ्चालकहरुले मुटु थर्काउने डिजे नियन्त्रण गरिदिन माग गरेका हुन् ।

मोरङका प्रहरी प्रमुख दिपक पोखरेलसँग सोमबार भेट्न पुगेका पार्टी प्यालेस सञ्चालकले प्रशासनले ध्वनी प्रदुषण नियन्त्रणका लागि कडाई गर्नुपर्ने माग गरेका थिए । उनीहरुले डिजेका कारण मुटु रोग लाग्नसक्ने स्थिति आएको बताएका छन् ।\

संगम पार्टी प्यालेसका सञ्चालक पदम श्रेष्ठले प्रशासनले लिखितै निर्देशन दिएर सार्वजानिक स्थानमा हुने कार्यक्रममा ठूलो ध्वनी उत्पन्न गराउने डिजे नियन्त्रण गर्नुपर्ने बताएका थिए ।

विराटनगरमा १८ वटा पार्टी प्यालेस रहेका छन् । जसमा होटल संलग्न छैनन् । सिजनमा विवाह, व्रतबन्ध, सार्वजानिक तथा सामाजिक कार्यक्रम आयोजना गर्ने यस्ता पार्टी प्यालेसमा विवाह तथा पाटीका कार्यक्रम हुँदा डिजे बजाउने गरिएको छ । मोरङका प्रहरी प्रमुख पोखरेलले शान्ति सुरक्षामा आउनसक्ने चुनौतीलाई छेक्न सिसी क्यामेरा जडान, त्यसमा भएको रेकर्डको सुरक्षा, मदिरा सेवन र त्यसपछि हुनसकने संभावित घटना नियन्त्रणमा सञ्चालकहरुलाई समेत रहन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्