विज्ञान भिडियो प्रतियोगिताको विजेतालाई विराटनगरमा पुरस्कृत

विज्ञान भिडियो प्रतियोगिताको विजेतालाई विराटनगरमा पुरस्कृत

विराटनगर । विज्ञान शिक्षक समाज नेपाल प्रदेश १ को आयोजनामा भएको विज्ञान भिडियो प्रतियोगिताको विजेतालाई विराटनगरमा पुरस्कृत गरिएको छ ।

मंगलबार विराटनगर-१० मा रहेको शिक्षादिप कलेजको सभा हलमा समाजले एक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको विजेतालाई पुरस्कृत गरेको हो । उनीहरुलाई हिसान प्रदेश १ का अध्यक्ष तथा शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले पुरस्कृत गरे ।

समाजले गत असोज १ गते १० औं राष्ट्रिय विज्ञान दिवशको अवसरमा अनलाईनमार्फत सञ्चालन गरेको विज्ञान भिडियो प्रतियोगितामा इटहरी वाल विकाश सेकेन्डरी स्कुलकी स्वेता राई प्रथम, पोखरीया मावी विराटनगरका क्रितिन खड्का र सेन्ट जोसेफ विराटनगरका मेजेश पिठाकोटे दोस्रो , आलश मावि विराटनगरकी पियंका झा तेस्रो तथा गढीगाउँ मावि झापाका उज्जवल घिमिरे सान्त्वना भएको समाजका सचिव लिलाकान्त बन्जारले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रदेश १ का ३० भन्दा बढी माविबाट ५० जनाभन्दा बढी विद्यार्थीहरु सहभागि रहेका थिए ।

प्रतियोगिताको निर्णायक कोशी मिडिया प्रालीका अध्यक्ष अर्जुन कुलुङ राई र समाजाका प्रदेश १ का अध्यक्ष अभय लिम्बुले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्