मोरङ र झापाबाट प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ

मोरङ र झापाबाट प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार झापाको भद्रपुर नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.६प ६२ नम्वरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड-५ का २९ बर्षीय सुरज कुंवर र ३४ बर्षीय सुरेश श्रेष्ठलाई ४ ग्राम २२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले कमल गाउँपालिका-४ का ३५ बर्षीय पुर्ण बिक्रम लिम्वुलाई १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसै गरी लागु औषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ र १६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका को.३१ प ६६५३ नम्बरको मोटरसाईकलमा सवार ट्याम्केमयुम-२ भोजपुरका ३४ बर्षीय प्रबिन राईको साथबाट ०.२२ ग्राम ब्राउन सुगर र प्रदेश १-०४-००१ प ८६५१ नम्बरको मोटरसाईकलमा सवार धरान -५ का २९ बर्षीय उज्वल हल्वाईको साथबाट १.७२ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्