विराटनगरमा आफ्नै पार्टी निकट कर्मचारीलाई मन्त्री मोदी भने भनसुनको सरुवा माग्दै नआउनु

विराटनगरमा आफ्नै पार्टी निकट कर्मचारीलाई मन्त्री मोदी भने भनसुनको सरुवा माग्दै नआउनु

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कसैको भनसुनका आधारमा कर्मचारीको सरुवामा नहुने दावी गरेका छन् । विराटनगरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोस्रो सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै मन्त्री मोदीले सरुवा बेथिती तोड्ने पक्षमा आफु रहेको बताएका हुन् ।

कर्मचारी सरुवाको बेथिति न्युनीकरणका लागि केही नीतिगत व्यवस्था गरिने छ, मन्त्री मोदीले भने–नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने प्रवृत्ति हट्नुपर्छ ।
भर्खरै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनीकन स्थानीय तहमा पठाएर भनसुन प्रवृत्ति अन्त्यको थालनी गरेकोसमेत मन्त्री मोदीले उल्लेख गरे । भनसुन अन्त्यका लागि सुरुवात आफ्नैबाट गर्नुपर्ने बताउँदै उनले पार्टी निकट कर्मचारीहरुलाई नियम र पद्दतिभन्दा बाहिरको सिफारिस बोकेर नआउन आग्रह गरे ।

आफ्नो पार्टी नेतृत्वको सरकार भएको बेला माओवादी निकटका कर्मचारीहरुले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने मानसिकता त्याग्न आग्रह गर्दै मन्त्री मोदीले प्रभाबकारी सेवा प्रवाह र सुशासनको एजेण्डा कर्मचारी संगठनले बोक्नुपर्ने बताए । ट्रेड युनियनमार्फत् राजनीतिमा सक्रिय कर्मचारीहरुलाई जनताको सेवालाई प्राथमिकता राख्न मोदीको निर्देशन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्