विराटनगर । विराटनगरमा "मोटिवेशनल स्पीच" कार्यक्रम हुने भएको छ।
रोटरी क्लब अफ विराटनगरको आयोजनामा फागुन १२ गते कार्यक्रम हुने भएको हो। कार्यक्रम शुक्रबार होटेल मनासलुमा बिहान ९ बजेदेखि सुरु हुने जनाईएको छ।
उक्त कार्यक्रमको वक्ताको रुपमा ब्लाइन्ड रक्स संस्थाको संस्थापक सृष्टि केसी आउने आयोजकले जानकारी दिएको छ।
खुशीले भरिएको जीवन कसरी जिउने,मर्यादा र आत्म सशक्तिकरण लगायतका विषयमा चर्चा गरिने आयोजकले जनाएको छ।
उनको संस्था ब्लाइन्ड रक्सले दृष्टिबिहीनहरूको सशक्तीकरणका लागि काम गर्दै आएको छ। यसबाहेक सृष्टि नृत्य र अभिनयमा पनि सक्रिय छिन्।