नाम फेरेर कामविहीन बनाईयो विराटनगरको कोसी कोभिड अस्पताल

<span class='c1'>नाम फेरेर कामविहीन बनाईयो</span> <span class='c2'>विराटनगरको कोसी कोभिड अस्पताल</span>

सुजता लिम्बु
विराटनगर । कोरोना संक्रमण भयावह हुँदा निर्माण गरिएको कोसी कोभिड–१९ उपचार केन्द्र संक्रामक रोग तथा सघन उपचार केन्द्रको नाममा रुपान्तरण भएपनि काम भने सुस्त देखिएको छ । विराटनगर–१० नेशनल ट्रेडिङको कोरोना संक्रमणको जोखिम घटेसँगै संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरण गरिएको थियो । तर, नयाँ स्वरुपमा सञ्चालनमा ल्याउने भनेको उक्त अस्पताल अहिले सामान्य उपचार बाहेक पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको हो ।

तत्कालिन मुख्यमन्त्री सेरधन राईको नेतृत्वमा रहेको प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले संक्रमितको उपचाकार लागि विशेष पहल लिएर अस्पताल स्थापना गरेका थिए । एक करोड खर्चेर ५० शैयाको कोभिड अस्पताल निर्माण गरेको थियो । हतार–हतारबीच २०७६ चैत्र २१ गतेदेखि सञ्चालनमा ल्याइएको अस्पतालमा २०७७ वैशाख ५ गतेदेखि कोराना संक्रमित बिरामीलाई भर्ना सुरु गरिएको थियो । निक्कै नै प्रभावकारी देखिएको अस्पताल विस्तार गरेर १६० शै्यामा विस्तार गरिएको थियो ।

तत्कालिन आवश्यकता पुरा गर्न २० भेन्टिलेटरसहित २४ शै्या आइसीयु र ५२ वटा एच्डीयु शै्या रहेका छन् । स्वीस सरकारको ४ करोड रुपैयाँ सहयोगमा शहरी विकास तथा भवन निर्माण कार्यालयले यसका लगानी थप गरिएको थियो । तर, अहिले एच्डीयु र आइसीयुसहित उपकरणहरु प्रयोगमा नै आउन सकेका छैनन् । संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरण गर्दा समेत अस्पतालको समुचित प्रयोग नहुँदा सामानहरु बिग्रने स्थितिमा पुगेका हुन् ।

प्रदेश सरकारलेआर्थिक वर्ष ०७७÷०७८ मा प्रस्ताव गरिएको बजेटमा कोभिड उपचार केन्द्रलाई प्रादेशिका सरुवा अस्पतालको रुपमा स्तरोन्ती गरिने र त्यसकालागि आवश्यक भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण खरिद गर्न ५० करोड विनियाजन गरिएको थियो । तर, साधारण स्वास्थ्य उपचारमै समिति रहको सो अस्पताललाई सरकारले नितीले सम्बोधन भने गरेको छैन । अस्पतालको बेड, अन्य भौतिक पूर्वाधार साथै भेन्टिलेट प्रयोग विहीन हुँदा बिग्रने स्थितिमा पुगेको एक कर्मचारीले जानकारी दिए ।
तेश्रो लहरमा निर्माण भएको कोभिड सेन्टर प्रयोगबिहीन
कोरोना महामारीको तेश्रो लहरको समय भाइरस रोकथाम र न्यूनिकरण लाई ध्यानमा राखेर प्रदेश सरकारले सुविधा सम्पन्न कोभिड सेन्टर निर्माण गरेको थियो । कोसी कोभिडको परिसरमा निर्माण भएको सो भवनमा २४ वटा आइसीयु र ५२ वटा एच्डीयु वेड रहेका छन् । स्वीस सरकारको ४ करोड रुपैयाँ सहयोगमा शहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरिएको सो भवनामा रहेको एच्डीयु र आइसीयु वेड प्रयोग विहीन हुँदा उपकरणहरु प्रयोगमा नै नआइ विग्रिन सक्ने सोही अस्पतालका एक कर्मचारीले बताए । करारमा रहको कर्मचारीहरुको रेखदेखमा रहको उक्त अस्पतालमा बेलामौका आफूहरुले सरसफाइ गर्ने रेखदेख गर्ने गरेको उनले बताए । ‘ यो सरुवा रोग तथा अनुसन्धान केन्द्र बनाउने भन्ने सरकारको कुरा छ, खै के गर्नु हो ? किन रोकिएको हो हामीलाई त केही थाहा छैन,’ नाम नबताउने सर्तमा उनले भने,‘ यहाँको रेखदेख हामी नै गर्दै आइरहेका छौं ।

२०७९ असोज ३ गते शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोसी कोभिड अस्पतालको नाम ‘संक्रामक रोग तथा सघन उपचार केन्द्र’ राख्ने निर्णय गरेको थियो । उक्त अस्पतालमा ओपिडी सेवा सुरु गर्ने बताएको थियो ।
अस्पतालमा ५९ जनाको अस्थायी दरबन्दी रहेको छ । जसमा मेडिकल अधिकृत र स्टाफ नर्सहरूको दरबन्दी रहेको अस्पतालले जनाएको छ । अस्पतालमा २० वटा भेन्टिलेटरसहितका १६० शैय्या रहेको छ । नयाँमा ७० र पुरानोमा ९० शैय्या छ । अस्पतालबाट ४ जना मेडिकल अधिकृत र १२ जना नर्सहरूले स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाँइले कोसी कोभिड अस्पताललाई संक्रमण अस्पतालको रुपमा रुपान्तरण गर्ने निर्णय भएपनि भौतिकरुपमा अध्ययन गर्ने विज्ञहरुको समिति गठन भएको बताएका छन् । उनले हाल साधारण स्वास्थ्य सेवा प्रवाह गर्दै कर्मचारीहरु राखिएको बताए । ‘केही परिहाले स्वास्थ्य सेवा प्रवाहका लागि कर्मचारी राखिएको छ,’ उनले भने,‘स्वास्थ परिक्षण भइरहको छ, तर त्यहाँ भएको बेडहरु चाहीँ प्रयोग भएको छैन ।’ सरकारले निती अनुसार यसको सञ्चालन गरिने प्रसाँईको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्