विराटनगर । एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत चयन भएका छन्।
दोस्रो राष्ट्रिय महाधिवेशनबाट बस्नेत चयन भएका हुन ।
उनको नेतृत्वमा एक सय ७१ सदस्यीय केन्द्रीय कमिटीसमेत चयन भएको छ । फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा भएको महाधिवेशनले अध्यक्षबाहेक पदाधिकारी र आयोगका पदाधिकारी भने टुंगो लगाउन सकेको छैन ।
बाँकी पदाधिकारीको भने केही दिनमा टुंगो लगाउने गरी महाधिवेशन सम्पन्न भएको छ । बस्नेत यसअघि खेलकुद महासंघका संयोजक थिए ।