विराटनगरका आठ स्थानमा जडान गरिदैं ट्राफिक लाइट

<span class='c1'>विराटनगरका आठ स्थानमा जडान</span> <span class='c2'>गरिदैं ट्राफिक लाइट</span>

विराटनगर । विराटनगरको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मुख्य राजमार्ग र बजार क्षेत्रका आठ स्थानमा ट्राफिक लाईट जडान गरिने भएको छ ।

विराटनगरको रोडशेषचौकदेखि राजबंशी चौकसम्मको क्षेत्रमा पाँच स्थानमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया अगाडी बढेको छ । छ लेन सडक आयोजना ईटहरीले ट्राफिक लाइट जडानको प्रक्रिया अगाडी बढाईसकेको हो ।

यसैगरी बजार क्षेत्रको ट्राफिकचौकदेखि तीनपैनीसम्म तीनस्थानमा विराटनगर महानगरपालिकाले ट्राफिक लाइट जडान गर्ने तयारी गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीका अनुसार छलेन सडक आयोजनाले मुख्य राजमार्ग अन्तर्गत रोडशेष, घाँसचौक, बरगाछी, कन्चनबारी र राजबंशी चौकमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया अगाडी बढाईसकेको छ ।

महानगरले जलजलाचौक र तीनपैनी र अर्को एक स्थानमा ट्राफिकलाइट जडान गर्ने तयारी गरिरहेको छ । दुई स्थानमा जडान गर्ने निश्चित भएपनि अर्को एक स्थान ट्राफिक चौक वा अस्पताल चौक भन्ने यकिन हुन सकेको छैन ।

तत्कालको आवश्यकता ट्राफिक चौक भएकोले प्राथमिकतामा राख्नुपर्ने माग गरिएको ट्राफिक प्रमुख कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्