पानी बन्द हुँदा कोसी अस्पताल विराटनगरमा अप्रेशन रोकियो

पानी बन्द हुँदा कोसी अस्पताल विराटनगरमा अप्रेशन रोकियो

विराटनगर । कोसी अस्पताल विराटनगरको अर्थो विभागमा पानी आपूर्ति प्रणालीमा समस्या भएपछि सेड्युलमा रहेका सात शल्यक्रिया प्रभावित भएका छन् । बिहीबार हाडजोर्नीसँग सम्बन्धित सातजना बिरामीको शल्याक्रिया गर्ने सेड्युल पानी अभावका कारण रोकिएको हो ।

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.रबिनराज सिंहका अनुसार बुधबारदेखि नै अर्थो विभागको पानी आपूर्ति प्रणालीमा समस्या देखिएको थियो । पुरानो पाइपलाइन भएका कारण समस्या देखिएपछि प्लम्बर खटाइएपनि बिहीबार १० बजेसम्म पनि मर्मत हुन नसकेको हो ।
पानी नहुँदा अप्रेशन सेड्युलमा भएका सातजना बिरामीको शल्याक्रिया रोकिएको मेसु सिंहले जानकारी दिनुभयो । चिकित्सकले शल्याक्रियामा प्रयोग गर्ने सामाग्रीदेखि बिरामीलाई प्रयोग गरिने स्टिलका सामाग्री पानीमा पकाएर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ । तर, पानी आपूर्ति गर्ने मुख्य पाईपलाइनमा समस्या भएपछि ‘वाटर प्यूरिफाई प्लान्ट’ समेत बन्द हुनपुग्यो । जसका कारण शल्याक्रिया सामाग्री स्टरलाईजेशन र डिस्इन्फेक्सन गर्न नसकिएको मेसु सिंहको दावी छ ।

‘प्यूरिफाई वाटर’मा दुई घण्टासम्म सामान पकाएर मात्रै शल्याक्रिया गर्ने वा बिरामीलाई लगाउनु पर्ने स्टिल निसंक्रमण गर्नुपर्ने हुन्छ’ मेसु सिंहले भन्नुभयो–अर्थो विभागको वाटर सप्लाईमा समस्या भएपछि त्यो संभव नहुँदा अप्रेशन थिएटर बन्द रह्यो । उहाँले ओपीडी सेवा सुरु भएपछि अप्रेशन सेड्युल रोकेर पानी आपूर्तिको लागि काम थालिएको जानकारी दिनुभयो ।

अर्थो विभागको पुरानो संरचनाको पाइपलाइन भित्र लेदो जमेका कारण पानी आपूर्ति अवरोध भएको दावी छ । कोसी अस्पताल परिसरमा नयाँ संरचना निर्माण गर्ने काम समेत भएकाले त्यसले समेत कतिपय ठाउँमा पाइपलाइनहरु चुडिने गरेको छ । उहाँले बिहीबारलाई अप्रेशन सेड्युलमा रहेका बिरामीको शल्याक्रिया शुक्रबार गरिने जानकारी दिनुभयो । शुक्रबार अप्रेशन सेड्युल राखिने गरिएको छैन । तर, बिहीबार अस्पतालका कारण शल्याक्रिया रोकिएपनि यस पटक शुक्रबारलाई सेड्युल राखिएको मेसु सिंहको भनाई थियो ।
अप्रेशन सेड्युलमा सातजना बिरामीको विवरण रहेको छ । तीमध्ये बिहीबार पाँच जनाको अप्रेशन गर्ने तयारी थियो । अस्पतालको सर्जरी र गाईनो विभागको काम भने नियमति रहेको छ । मेसु सिंहले अन्य सेवा प्रभावित नभएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्