विराटनगर १६ मा तस्कर–व्यापारी झडप, संलग्न दुईजना पक्राउ

विराटनगर १६ मा तस्कर–व्यापारी झडप, संलग्न दुईजना पक्राउ

विराटनगर । भारतीय व्यापारीमाथि तरबार प्रहार गरेर घाईते बनाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

तीनदिन अगाडी नेपाल–भारत सीमा क्षेत्र विराटनगर–१६ दरैया बस्तीमा भारतको टिकुलियामा किराना पसल सञ्चालन गर्दै आएका अंकित भगतमाथि आक्रमण गरेर घाईते बनाइएको थियो ।

प्रहरीले घटनामा संलग्न आरोपमा रामु मण्डल र अक्षय मण्डललाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा बुधबार मुद्दा दर्ता गराएको छ । पक्राउ परेका उनीहरु बाबुछोरा रहेको खुलेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले पुरानो रिसईबीका कारण आक्रमण भएको जानकारी दिएका छन् ।

सीमा क्षेत्रमा अवैध रुपले सामान वारपार गराउने मण्डल बाबुछोराले भारतमै किराना पसल सञ्चालन गर्दै आएका भगतलाई आक्रमण गर्नुको अन्य कारण खुलेको छैन । भगतको घाँटीमा गहिरो चोट लागेको छ । उनको नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।

घाईते भगतले आफ्नो किरानाबाट सामान खरिद गर्ने गरेका ग्राहकको सामान सीमा कटाउने गरेको आरोप छ । भारतमा खरिद गरिएको सामान नेपालको सीमा कटाउने गरेका कारण उनीसँग मण्डल बाबुछोराको सामान्य भनाभनले उग्ररुप लिदाँ विवाद भएको थियो । त्यस क्रममा उनलाई तरबारले हानेर घाईते बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्